भागबण्डा मिलेसँगै १७ महिनापछि लुम्बिनीले पायो विषयगत समितिको सभापति
बुटवल । लुम्बिनी प्रदेशका संसदीय समितिहरूले १७ महिनापछि नेतृत्व पाएको छ । तीन ठुला राजनीति दलले विषयगत समितिको सभापतिमा गरेको भागबण्डाका आधार सभापति चयन भएका हुन् ।
६ विषयगत समिति र १ विशेषाधिकार समिति गरी ७ वटा समितिमा ७ जनाको मात्रै उम्मेदवारी दर्ता भएपछि सर्वसम्मत रूपमा नेतृत्व छानिएको घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सभापतिहरूको शपथ ग्रहण आज गराएका हुन् । सभापतिहरूले आजै पदभारसमेत ग्रहण गरेका छन् ।
लामो समयदेखि चयन हुन नसकेको लुम्बिनी प्रदेशका विषयगत समितिका बारेमा दलहरूबिच नेकपा एमालेले विशेषाधिकारसहित ३ वटा समिति, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २ वटा समिति र नेकपा माओवादी केन्द्रले २ वटा समितिको नेतृत्व पाउने सहमति भएको थियो ।
लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश मामिला तथा कानुन समितिमा दिलकुमारी बुढा, सामाजिक विकास समितिमा यमबहादुर नेपाली, कृषि, वन तथा वातावरण समितिमा विश्व प्रेम पाठक,भौतिक पूर्वाधार विकास समितिमा रामजीप्रसाद घिमिरे, अर्थ,उद्योग तथा पर्यटन समितिमा राजुप्रसाद श्रेष्ठ, सार्वजनिक लेखा समितिमा माया पुन र विशेष अधिकार समितिमा गिरीधारीलाल न्यौपाने सभापतिमा निर्वाचित भएका छन् ।
प्रदेशसभा सचिव पुनका अनुसार ६वटा विषयगत समिति भए पनि दलहरूले छलफल गरी विशेष अधिकार समितिको माग भएकाले त्यसको पनि यस पटकदेखि नयाँ व्यवस्था गरिएको हो ।
गत ३० असारको लुम्बिनी प्रदेशसभा बैठकले समितिमा रहने सदस्यहरूको टुङ्गो लगाए पनि समितिको सभापतिको टुङ्गो भने लाग्न सकेको थिएन । २०७९ मङ्सिर ४ गते निर्वाचन भएपछि ३ जना मुख्यमन्त्री फेरिँदा पनि मिनी संसद्को रूपमा हेरिने विषयगत समितिको नेतृत्व चयन हुन नसक्दा प्रदेशसभा सदस्यहरू बिजनेसविहीन जस्तै बनेका थिए।

सभापतिहरूको पृष्ठभूमि
आज सभापति चयनमा भएका ७ जनामध्ये ४ जना समानुपातिक सांसद हुन् भने ३ जना प्रत्यक्ष निर्वाचित सांसद छन् । नेकपा एमालेको भागमा परेका तीन सभापति मध्ये २ जना प्रत्यक्ष निर्वाचित सांसदलाई सभापति बनाएको छ भने नेपाली कांग्रेसले २ जना मध्ये एक जना प्रत्यक्ष निर्वाचितलाई सभापति बनाएको छ। माओवादीले भने दुई जना समानुपातिक सांसदलाई सभापतिका रूपमा पठाएको छ ।
प्रतिपक्ष दलले सार्वजनिक लेखा समितिको सभापति पाउने प्रचलन अनुसार नेपाली कांग्रेसले बाँके जिल्ला निवासी माया पुनलाई सभापति बनाएको छ। लामो समयदेखि कांग्रेस राजनीति गरेकी पुन समानुपातिक सांसद हुन्। उनी पार्टीभित्र संस्थापन पक्ष निकट छिन् ।
कांग्रेसले दलहरूबिच सभापति बाँडफाँड गर्दा पूर्वमुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई निर्णय गर्ने अधिकारी दिएको थियो। सोही आधारमा चौधरीले कृषि वन तथा वातावरण समितिको सभापतिमा इतर समूहका विश्व प्रेम पाठकलाई पठाएका हुन्। पाठक नवलपरासी क्षेत्र नम्बर १ को १ बाट निर्वाचित भएका हुन् ।
भौतिक पूर्वाधार तथा विकास समितिमा एमालेका रामजीप्रसाद घिमिरे चयन भएका छन् ।अर्घाखाँचीको क्षेत्र नम्बर १ को २ वाट निर्वाचित घिमिरे यसअघि २०७४ सालमा पनि सोही क्षेत्र निर्वाचित भएका थिए । एमाले पटक-पटक प्रदेश सत्तामा जाँदा पनि उनले अवसर पाएका थिएनन् । त्यसैले यसपटक घिमिरेलाई समितिको सभापतिमा पार्टीले पठाएको एमालेले लुम्बिनी प्रदेश प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले रातोपाटीलाई बताए।

एमालेले अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा राजु श्रेष्ठलाई पठाएको छ। उनी पाल्पा क्षेत्र नम्बर २ को १ वाट निर्वाचित हुन् । एमालेको भागमा परको विशेषाधिकार समितिमा कपिलवस्तु निवासी समानुपातिक सांसद गिरीधारीलाल न्यौपानेलाई सभापति बनाइएको छ। पार्टीमा विभिन्न नेतृत्व गरेका न्यौपानेले आफूले पाएको जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गर्ने प्रतिक्रिया दिए।
माओवादीका भागमा गरेका दुई वटा समितिमध्ये प्रदेश मामिला तथा कानुन समितिको सभापति दिलकुमारी बुढालाई बनाइएको छ । उनी रुकुम पूर्वी जिल्लाकी हुन् । यस्तै माओवादीको भागमा परेको सामाजिक विकास समितिमा यमबहादुर नेपाली सार्कीले सभापति बन्ने अवसर पाएका छन्। गुल्मी निवासी सार्की पनि समानुपातिक हुन्। माओवादीबाट प्रत्यक्ष निर्वाचित सांसदहरु सरकारतिर भएपछि समानुपातिक सांसदहरूलाई सभापति बनाएको हो ।
लुम्बिनी प्रदेशमा अहिले ८६ जना सांसद रहेका छन् । यसमध्ये हाल प्रत्यक्ष ५१ जना र समानुपातिक ३५ जना रहेका छन्। निर्वाचन प्रक्रिया अनुसार प्रत्यक्ष ५२ जना हुनुपर्ने भए पनि हाल कपिलवस्तु ३(२)मा राप्रपाका जानकीप्रसाद यादवलाई अख्तियारले मुद्दा दायर गरेपछि उनी निलम्बन पर्दा प्रत्यक्ष निर्वाचित सांसदको सङ्ख्या ५१ बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण