बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

मधेस प्रदेशमा दुई जना मन्त्री थपिँदै

बिहीबार, ०६ वैशाख २०८१, १५ : ०१
बिहीबार, ०६ वैशाख २०८१

काठमाडौँ । मधेस प्रदेशमा मन्त्रीपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले बिहीबार मन्त्रीपरिषद् विस्तार गर्न लागेका हुन् । 

माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बाट एक/एक जना मन्त्री समावेश गरिने सरकारका प्रवक्ता एवं अर्थ मन्त्री संजय यादवले जानकारी दिए ।

उनले भने,‘माओवादीबाट एक जना मन्त्री यस अघिदेखि नै हुनुहुन्थ्यो । एक जना थपेर दुई जना र एकीकृत समाजवादीबाट एक जना मन्त्री समावेश गरिने छ ।’ 

तर कुन मन्त्रालय र कसलाई मन्त्री बनाउने टुङ्गो भने लागेको छैन । माओवादी र एकीकृत समाजवादीले मन्त्रीको नाम पठाएपछि मन्त्रालयको टुङ्गो लगाउने उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप