बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
सहकारी प्रकरण

सप्रिम सहकारी प्रकरण : शुक्रबार आदेश आउने

बिहीबार, ०६ वैशाख २०८१, १९ : ०२
बिहीबार, ०६ वैशाख २०८१

बुटवल । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी घोटाला प्रकरणमा पक्राउ परेकाहरूको थुनछेक बहस जारी छ । जिल्ला अदालत रुपन्देहीमा बिहीबार प्रतिवादीको तर्फबाट  ७ जना अधिवक्ताहरूले बहस गरेका हुन् ।

न्यायाधीश डा प्रकाश उप्रेतीको इजालालमा  बिहीबार ४ जनाको बयान सकिएपछि थुनछेक बहस सुरु भएको हो । 

अधिवक्ताहरू जोख बहादुर खत्री (विक्रम), बाबुराम पाण्डेय, शिव गौडल, कृष्ण पोखरेल, हेमराज पन्तलगायत ७ जनाले बहस गरेका हुन् । 

अझै ४ जना अभिवक्ताहरूको बहस गर्न बाँकी रहेको छ ।  उनीहरूले शुक्रबार बहस गर्ने  जिल्ला अदालत रुपन्देहीले जनाएको छ । त्यसपछि शुक्रबार नै आदेश आउने जनाइएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप