नरबहादुर कर्माचार्य प्रतिष्ठानको कार्यक्रममा प्रचण्ड र माधवसँगै
काठमाडौँ । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले तेस्रो वार्षिक केन्द्रीय सभाको आयोजना गरेको छ । सभाको उद्घाटन सत्र प्रतिष्ठानका संरक्षक तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रमुख आतिथ्यमा आयोजना गरिएको हो ।
_bxFRp6IOIf.jpg)
कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा (एस) अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । सत्तारुढ गठबन्धनमा देखिएको खटपछि प्रचण्ड र माधव एउटै कार्यक्रममा पहिलोपटक देखिएका हुन् । कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि बोलाइएको थियो ।
_ovaj4ilmma.jpg)
नेपाल कम्युनिस्ट पार्टीको संस्थापक सदस्य, कर्मठ क्रान्तिकारी तथा सिद्धान्तनिष्ठ नेता नरबहादुर कर्माचार्यका अधुरा सपनाहरू पूरा गर्ने अभियानमा सहयोग पुर्याउन २०७३ सालमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान गठन भई देश भर ५५ जिल्लामा शाखाहरू विस्तार गर्दै क्रियाशील रहेको छ । यस प्रतिष्ठानले नेपाली वाम लोकतान्त्रिक आन्दोलनको इतिहास, समग्र नेपालको इतिहास, संस्कृति, नेपाली समाजको विकासक्रम, समृद्धि र सामाजिक आर्थिक रूपान्तरणको विविध पक्षमा वैज्ञानिक र वस्तुपरक खोज, अनुसन्धान, अन्तरक्रिया, बहस र प्रकाशन एउटा मुख्य लक्ष्य बनाएको छ ।

_2llxwIB5IM.jpg)
_yoeHkQIFIj.jpg)
_D05V2ljSkP.jpg)
_kBWaiAMYoh.jpg)
_KsQUbGYNbV.jpg)
_ZO4DBvmY2O.jpg)
_u5onHHcxv7.jpg)
_hEpIkB8RyZ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण