जनकपुरबाट ‘रावायण’ को सुटिङ सुरु

काठमाडौँ । फिल्म ‘रावायण’ को छायाङ्कन जनकपुरको जानकी मन्दिरबाट सुरु भएको छ । निर्देशक सुदर्शन थापाको महत्वकांक्षी प्रोजेक्ट ‘रावायण’ को पूजा शर्मा, पल शाह, प्रमोद अग्रहरीलगायतको उपस्थितिमा सोमबार जानकी मन्दिरमा क्यामेरा पुजा गर्दै छायाङ्कन सुरु गरिएको हो ।
सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने फिल्मका निर्मातामा सुदर्शन र पूजा हुन् । फिल्म यसै वर्षको भदौ २१ गते तिजका दिन प्रदर्शनमा आउनेछ । फिल्ममा पल, पूजा र प्रमोदसँंगै प्रियंका कार्की, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल लगायतका कलाकारको अभिनय रहनेछ ।
शिवम अधिकारीको लेखन, सौरभ लामाको छायाङ्कन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन रहने फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफ.डी कम्पनीले गर्नेछ । फिल्मको डिजिटल पार्टनरको रुपमा ओ.एस.आर डिजीटल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्याट विवादबिच अन्तर्राष्ट्रिय विमानलाई अर्को झड्का, १३ कम्पनीबाट २ अर्ब ३१ करोड असुल्न निर्देशन
-
दमक भ्यु टावर शुल्क लिएर सञ्चालन गर्न दिने, यस्ता छन् मन्त्रिपरिषद्का ३० निर्णय
-
संयुक्त लोकतान्त्रिक मोर्चाको सचिवालय गठन
-
अब तलमाथि हुँदैन, दुई/चार दिनमै नयाँ गभर्नर पाउँछौँ : सञ्चारमन्त्री
-
काठमाडौँमा बृहत् कार्यक्रम गर्ने संयुक्त लोकतान्त्रिक मोर्चाको निर्णय
-
लोकतान्त्रिक मोर्चाले काठमाडौंमा बृहत कार्यक्रम गर्ने