जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक छ: मन्त्री बस्नेत
काठमाडौँ । चौथो हिमालयन हाइड्रो एक्स्पो सुरु भएको छ । बुधवारबाट काठमाडौँमा तीन दिने हिमालयन हाइड्रो एक्स्पो सुरु भएको हो । एक्स्पोको उद्घाटन ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले गरे ।
हिमालयन हाइड्रो एक्स्पोको उद्घाटनको अवसरमा स्काई टावरदेखि विद्युतीय सवारीसाधनहरूको र्याली भएको थियो । र्यालीमा ३ सय भन्दा बढी विद्युतीय सवारीसाधनहरू रहेका छन् । स्काइ टावरबाट बानेश्वर हुँदै कोटेश्वर, सातदोबाटो, एकान्तकुना, कुपण्डोल, लैनचौरबाट प्रधानमन्त्री कार्यालय घुमेर भृकुटीमण्डपमा आएर र्याली सम्पन्न हुने र एक्स्पोका अन्य कार्यक्रमहरू सुरु हुने आयोजक स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) ले जनाएको छ ।
एक्स्पोको उद्घाटन गर्दै ऊर्जामन्त्री बस्नेतले सरकारले आयोजना गरेको लगानी सम्मेलनलाई एक्स्पोले सार्थक बनाउने विश्वास व्यक्त गरे। उनले नेपालको जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक रहेको बताए । उनले आगामी दिनमा सरकार, निजी क्षेत्रको हातेमालोबाट विद्युत् उत्पादनको क्षेत्रमा विकास र बिस्तारका लागि काम गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा बोल्दै स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले लगानी सम्मेलनलाई सफल बनाउने उद्देश्यले हिमालयन हाइड्रो एक्स्पो आयोजना गरिएको बताए । उनले विद्युतीय सवारीसाधनहरूको ¥याली नेपालमै धेरै विद्युत् खपत गरौँ भन्ने सन्देश दिन गरिएको बताए । सरकारले सन् २०३५ सम्म १३ हजार मेगावाट बिजुली नेपालमा खपत गर्ने लक्ष्य लिएको भन्दै त्यसलाई सार्थक बनाउन एक्स्पोले भूमिका खेल्ने बताए
अध्यक्ष कार्कीले जलविद्युत र ऊर्जासँग सम्बन्धित सामानहरू प्रदर्शनी गर्ने र बेच्ने भन्दा बाहेकका कुराहरू विगतमा नहुने गरेको भए पनि यस पटकको मेलामा भने विभिन्न चरणमा ऊर्जा क्षेत्रका समस्या, समाधान, लगानीका बारेमा विस्तृत रूपमा छलफल हुने र अन्ततः लगानी सम्मेलनलाई एक्स्पोले सहयोग पुर्याउने विश्वास रहेको बताए । सन् २०३५ सम्ममा सरकारले लिएको २८ हजार ५ सयको विद्युत् उत्पादनको योजना सफल बनाउनका लागि पनि एक्स्पोले भूमिका खेल्ने बताए। अध्यक्ष कार्कीले नेपालमा लगानी गर्ने राम्रो वातावरण रहेको सन्देश विदेशी लगानी कर्ताहरूलाई दिन आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको पत्रकारिता र शुद्धीकरणको तमासा
-
नोटको चुच्चे नक्साले ल्याएको नयाँ तरङ्ग : नेपाल–भारत सम्बन्धमा कस्तो असर पर्ला ?
-
पाकिस्तान: सेनाको कारबाहीमा दश सन्दिग्ध चरमपन्थी मारिए
-
उदयपुर सिमेन्टसहित २५ करदाताको नाममा सूचना जारी
-
व्यवसाय दर्ता र कर सचेतनाका लागि पोखरा महानगर र क्याम्पसहरूबिच समझदारी
-
‘फूल लाग्ने समयमा पर्याप्त पानी नभए मकै शत प्रतिशत नोक्सान हुन्छ’