सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

ड्रिम गर्ल ३ बाट बाहिरिइन अनन्या पान्डे

बुधबार, १२ वैशाख २०८१, १५ : ०६
बुधबार, १२ वैशाख २०८१

नयाँ दिल्ली । बलिउड अभिनेता आयुष्मान खुराना प्रायः फरक शैलीको फिल्म गर्छन् । उनको फिल्म ड्रिम गर्लको २ वटा पार्ट्स रिलिज भइसकेको छ । 

यी दुवै पार्टलाई दर्शकले निकै मन पराएका थिए । बक्स अफिसमा दुवै फिल्मले राम्रा व्यापार गरेका थिए । यस्तोमा निर्माताहरुले फिल्मको तेस्रो पार्ट्स पनि ल्याउने भएका छन् ।

पहिलो पार्टमा आयुष्मान र नुसरत भरुचाको जोडी बनेको थियो भने दोस्रोमा अनन्या पान्डे देखिएकी थिइन् । दुवै फिल्मले बक्स अफिसमा १०० करोडभन्दा धेरै कमाए । यस्तोमा ड्रिम गर्ल ३ को चर्चा तीव्र बनेको छ । 

फिल्मको सिक्वेलमा फिल्मका निर्माताहरूले काम सुरु गरेका छन् । फिल्म कहिले रिलिज हुने भन्ने कुनै जानकारी आएको छैन । फिल्मको काष्टबारे ठुलो खबर आएको छ । फिल्लबाट अभिनेत्री अनन्या पाण्डे बाहिरिएको बताइएको छ । खबरहरुका अनुसार अनन्याको ठाउँमा सारा अलि खानलाई ल्याउन सकिनेछ । आयुष्मान र साराले फिल्मका निर्माताहरूसँग आधिकारिक भेटघाट पनि गरेका थिए ।

ड्रिम गर्ल सन् २०१९ मा आएको थियो । ड्रिम गर्ल २ भने सन् २०२३ मा रिलिज भएको थियो । पहिलो फिल्मले बक्स अफिसमा २०० करोड कलेक्शन गर्दा दोस्रो फिल्मको बक्स अफिस कलेक्शन ३०० करोड भारु थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप