ड्रिम गर्ल ३ बाट बाहिरिइन अनन्या पान्डे
नयाँ दिल्ली । बलिउड अभिनेता आयुष्मान खुराना प्रायः फरक शैलीको फिल्म गर्छन् । उनको फिल्म ड्रिम गर्लको २ वटा पार्ट्स रिलिज भइसकेको छ ।
यी दुवै पार्टलाई दर्शकले निकै मन पराएका थिए । बक्स अफिसमा दुवै फिल्मले राम्रा व्यापार गरेका थिए । यस्तोमा निर्माताहरुले फिल्मको तेस्रो पार्ट्स पनि ल्याउने भएका छन् ।
पहिलो पार्टमा आयुष्मान र नुसरत भरुचाको जोडी बनेको थियो भने दोस्रोमा अनन्या पान्डे देखिएकी थिइन् । दुवै फिल्मले बक्स अफिसमा १०० करोडभन्दा धेरै कमाए । यस्तोमा ड्रिम गर्ल ३ को चर्चा तीव्र बनेको छ ।
फिल्मको सिक्वेलमा फिल्मका निर्माताहरूले काम सुरु गरेका छन् । फिल्म कहिले रिलिज हुने भन्ने कुनै जानकारी आएको छैन । फिल्मको काष्टबारे ठुलो खबर आएको छ । फिल्लबाट अभिनेत्री अनन्या पाण्डे बाहिरिएको बताइएको छ । खबरहरुका अनुसार अनन्याको ठाउँमा सारा अलि खानलाई ल्याउन सकिनेछ । आयुष्मान र साराले फिल्मका निर्माताहरूसँग आधिकारिक भेटघाट पनि गरेका थिए ।
ड्रिम गर्ल सन् २०१९ मा आएको थियो । ड्रिम गर्ल २ भने सन् २०२३ मा रिलिज भएको थियो । पहिलो फिल्मले बक्स अफिसमा २०० करोड कलेक्शन गर्दा दोस्रो फिल्मको बक्स अफिस कलेक्शन ३०० करोड भारु थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण