रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सलाई उत्पादनमुखी बनाउने खालको नीति योजना तर्जुमा गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै मल्लले रेमिट्यान्सबाट आएको रकमलाई उत्पादनमुखी र विदेशबाट फर्किएका युवाहरूको सीपलाई पनि सदुपयोग हुने खालको नीति एवं योजना बन्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेत उपस्थित कार्यक्रममा उनले भने, ‘रेमिट्यान्सको पैसा ९० प्रतिशत सम्म उपभोगमा नै खर्च भइरहेको छ, विदेशबाट भित्रिएको रकमलाई उत्पादमूलक क्षेत्रमा सदुपयोग गरेर राष्ट्रिय अर्थतन्त्र बलियो बनाऊँ । ’
वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको सीपलाई स्वदेशमा सदुपयोग गर्न अध्यागमनमा सीपको लगत संकलन गर्नुपर्ने व्यवस्था हुनुपर्नेमा मल्लले जोड दिए ।
अर्को प्रसङ्गमा मल्लले १६ औँ पञ्चवर्षीय योजना, सरकारको बजेट एवं मौद्रिक नीतिबिच पनि प्रभावकारी समन्वय हुनुपर्ने बताए । पञ्चवर्षीय योजना महत्त्वाकाङ्क्षी हुने तर कार्यान्वयन पाटो निकै फितलो हु“दा अपेक्षित लाभ हासिल हुन नसकेको उनको भनाइ छ ।
मल्लले आगामी बजेट बस्तुपरक र खर्च गर्न सक्ने क्षमताको ल्याउन समेत सरकारलाई सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेडिकल शिक्षामा दिइने छात्रवृत्तिबारे अध्ययन गर्न कार्यदल गठन गरिने
-
आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन रास्वपाका मन्त्रीले लेखे मन्त्रिपरिषद्को कार्यालयलाई पत्र
-
यस्ता छन् शिक्षा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिका निर्णय
-
गण्डकी प्रदेश सरकार विवाद : कोशीको नजिर अब गण्डकीमा लागू हुन्छ कि हुँदैन ?
-
हत्यामा दोषी ठहर भएका शर्मालाई निलम्बन गरेकोप्रति असन्तुष्टि जनाउँदै लोसपाले लेख्यो पत्र
-
खेलकुद मन्त्रालयमा मूलपानी क्रिकेट रंगशालाको डीपीआर प्रस्तुत