खेलकुद मन्त्रालयमा मूलपानी क्रिकेट रंगशालाको डीपीआर प्रस्तुत
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्माणाधीन मूलपानी क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सोमबार युवा तथा खेलकुद मन्त्रालय समक्ष प्रस्तुत गरेको छ ।
पुल्चोक इन्जिनिएरिङ कल्सल्टेन्सीले राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई बुझाएको डीपीआर सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको हो ।
करिब एक वर्षअघि राखेपको आयोजनामा भएको ‘खेलकुद पूर्वाधार नीति संवाद’ कार्यक्रमका क्रममा सहभागीहरुले मूलपानी क्रिकेट रंगशालाका लागि विगतकै प्रकृयामा बजेट विनियोजन हुने हो भने निर्माण कार्य २७ वर्षपछि मात्र पुरा हुने प्रतिक्रिया दिएका थिए ।
उक्त कार्यक्रम राखेपका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमपछि प्रधानमन्त्री प्रचण्डले रंगशाला निर्माणको कार्यप्रति चासो व्यक्त गर्दै सदस्यसचिव घिसिङलाई वर्तमान संसद्कै कार्यकालमा काम सम्पन्न गर्ने गरी अगाडि बढ्न निर्देशन दिएका थिए ।
मूलपानी क्रिकेट रंगशालालाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनामा समेत समावेश गरिसकेको छ । सदस्यसचिव घिसिङले सो निर्देशनको तत्काल कार्यन्वयन गर्ने क्रममा पुल्चोक इन्जिनिएरिङ कल्सल्टेन्सीलाई डीपीआर तयार गर्ने जिम्मेवारी दिएका थिए ।
डीपीआरको ९० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम एक साताभित्र सम्पन्न गर्न सदस्यसचिव घिसिङले पुल्चोक इन्जिनिएरिङ कल्सल्टेन्सीलाई निर्देशन दिएका छन् । डीपीआर प्रस्तुतीका क्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले राखेपको कामको प्रशंसा गर्दै मूलपानी क्रिकेट रंगशाला निर्माणलाई पहिलो प्राथमिकतामा राखी काम अगाडि बढ्ने विश्वास ब्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण