बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
मतगणना अपडेट

४१ हजार ३८३ मत गन्दा कसको कति मत ?

सोमबार, १७ वैशाख २०८१, १८ : ४९
सोमबार, १७ वैशाख २०८१

इलाम । प्रतिनिधिसभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । हालसम्म ४१ हजार ३८३ मत गनिएको छ ।

पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार ५ हजार ६७१ मतले अघि रहेका छन् । एमाले उम्मेदवार सुहाङ नेम्वाङले १६ हजार ९४४ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ११ हजार २७३ मत ल्याएका छन् । तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ९ हजार ४४ मत ल्याएका छन् ।

चौथो स्थानमा रास्वपा उम्मेदवार मिलनकुमार योङयाङ लिम्बुले २ हजार ८०३ मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप