वुहानमा कोभिडबारे जानकारी दिने ब्लगरको रिहाइ अनिश्चित
बेइजिङ । चीनको वुहानमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण सुरु भएपछि लगाइएको लकडाउन र स्थानीयहरूको अवस्थाबारे स्वअध्ययन गरेर आफ्नो ब्लगमा तस्बिर र भिडियोहरू पोष्ट गर्ने चिनियाँ ब्लगरको रिहाइ अनिश्चित बनेको छ ।
सोमबारे रिहा हुनुपर्ने चान चाङ बिहीबारसम्म पनि रिहा नभएपछि उनको अवस्थाबारे चिन्ता गर्न लागिएको छ । समस्या बढाएको आरोपमा चानलाई ४ वर्षको जेल सजाय दिइएको थियो ।
कोभिड–१९ बारे सुरुमै जानकारी दिएर समस्यामा फस्ने सीमित पत्रकारहरूमा चान पनि एक थिइन् । तर उनको अवस्था अज्ञात रहँदा मानव अधिकारीवादी समूहहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । सन् २०२० को फेब्रुअरीमा शाङ्हाईबाट वुहानसम्म गएर चानले लकडाउनमा स्थानीयहरूको अवस्थाबारे खोजबिन गरेकी थिइन् । सामाजिक सञ्जालमा उनको लाइभ भिडियो र डकुमेन्टेशनलाई धेरैले हेरेका थिए । अधिकारीहरूले चेतावनी दिएको भएपनि उनले आफ्नो काम छाडिनन् ।
चानले आफ्नो युट्युब च्यानल, विच्याट र ट्टिवरमा सयभन्दा धेरै भिडियो हालेकी थिइन् । हिरासतमा रहेको केही महिना चान अनसन बसेकी थिइन् । तर प्रहरीले उनलाई ट्युबबाट जर्बजस्ती खाना खुवाएको उनका वकिलले बताएका थिए । सन् २०२३ को जुलाईसम्ममा उनी आंशिक अनसनमा थिइन् । सुरुमा जेलमा जाँदाको तुलनामा उनको तौल घटेर आधा अर्थात् ३७ केजीमा झरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि मन्त्रालयको १०० दिने प्रगति: कार्बन व्यापारदेखि किसानको भुक्तानीसम्म
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
-
इतिहासकै सबैभन्दा रोमाञ्चक गोल्डेन बुट दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण