बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
लगानी सम्मेलन

‘नेपाल विदेशी लगानीकर्तालाई ‘रेड कार्पेट’ बिछ्याउन तयार छ’

सोमबार, १७ वैशाख २०८१, २१ : २६
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । सफलतापूर्वक तेस्रो लगानी सम्मेलन आयोजना गर्न पाएकोमा उत्साह छाएको छ । नेपालमा भावी दिनमा लगानी भित्र्याउनका लागि यो सम्मेलन एकदमै प्रभावकारी बन्यो । 

यो सम्मेलनलाई यस प्रकारकोले सम्पन्न गर्नका लागि उत्साहपूर्ण सहभागिता जनाउनुभएकोमा तपाई  सम्पूर्णमा धेरै धन्यवाद । यो सम्मेलनलाई यो प्रकारको उत्साहपूर्ण बनाउनका लागि सहयोग गर्नुभएको प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरूलाई पनि धन्यवाद ।

दुई दिनअघि मात्रै विश्वभरबाट उपस्थित लगानीकर्तासँग नेपालको अवसर, लगानीका क्षेत्र, विभिन्न ज्ञान र आर्थिक गतिविधिबारे छलफल भएको थियो । सम्मेलन उद्घाटनका क्रममा प्रधानमन्त्रीले नेपालमा लगानीको वातावरण निर्माणमा सरकार तयार रहेको र यसका लागि काम गरिरहेको बताउनुभएको थियो । यसबाहेक प्रमुख प्रतिपक्षी दलका नेताले समेत एकमत जनाउँदै नेपालमा लगानीका लागि लगानीकर्तालाई आग्रह गरिनुले नेपाल साँच्चै विदेशी लगानी चाहन्छ भन्ने देखाउँछ ।

विदेशबाट सहभागी सरकारका उच्चपदस्थ, राजदूत र अन्य नेतृत्वले समेत नेपालमा लगानीको सम्भावना रहेको बताउनु भएको थियो । सम्मेलनका क्रममा नेपालसहित विश्वभरबाट २५ सयको सहभागिता भएको थियो । यसक्रममा हामीले नेपालमा भावी दिनमा बन्ने परियोजना, लगानीका गन्तव्य, हाम्रो प्राथमिकता र सम्भावित परियोजनाबारे जानकारी दियौँ । यसमा सबैभन्दा बढी प्राथमिकता ऊर्जा, सूचना प्रविधि, पर्यटन र पूर्वाधार मुख्य प्राथमिकताका क्षेत्रकारुपमा बाहिर आएका छन् ।

यसक्रममा नेपालले १५४ वटा परियोजना प्रस्तुत गरेको थियो । जसमध्ये १९ वटा आयोजनामा आशयपत्र आह्वान गरियो भने ९ वटा मार्केट सान्डिङ परियोजना प्रस्तुत गरिएको थियो । यसबाहेक अन्य पहिचानको चरणमा रहेका परियोजना समेत हामीले प्रस्तुत गर्यौं । सम्मेलनमा नेपालका प्रधानमन्त्रीसहित चीन, भारत, कुवेत, संयुक्त अरब इमिरेट्स, बेलायत र अमेरिकासहित विश्व बैंक लगायतका उच्च पदस्थको सहभागिता थियो ।

यसक्रममा विभिन्न क्षेत्रमा समझदारी पत्रमा हस्ताक्षर समेत बन्यो । यसबाहेक सम्मेलनमा सहभागी ३० भन्दा बढी डेलिगेट्सले विभिन्न मन्त्रालयका मन्त्रीसँग छुट्टाछुट्टै वार्ता समेत गरे । यो दुई दिने छलफलबाट नेपालमा विदेशी लगानीकर्ता साँच्चै नै लगानी गर्न चाहन्छन् र नेपाल सरकार समेत उनीहरूको चाहनालाई समेट्दै लगानी ल्याउन चाहन्छ भन्ने देखिएको छ । यही मञ्चबाट यो घोषणा गर्न पाउँदा खुसी छु कि लगानी सम्मेलन विभिन्न भाषणबाजीका लागि मात्रै नभई लगानीका लागि केन्द्रित रह्यो ।

हामी विश्वका सबैभन्दा उत्कृष्ट अभ्यासबाट सिक्दै नेपालको प्रभावकारिता र क्षमता अभिवृद्धि गर्न पनि चाहन्छौँ । यो सम्मेलनको मुख्य प्राथमिकता नै विभिन्न सम्भावित क्षेत्रमा लगानी भित्र्याउनु नै हो । यस्तै नेपाल विश्वको लगानी समाजलाई सहजरुपमा उपलब्धता गराउनु समेत हो ।

मलाई विश्वास छ कि, विदेशी उच्चपदस्त प्रतिनिधिको यो शिखर सम्मेलनको भ्रमण सफल बनेको छ । एउटा असल साथिका रुपमा नेपाल सधैँ तपाईँहरूसँग लगानी सहकार्य गर्न तत्पर र तयार छ । हामी तपाई विदेशी प्रतिनिधि, लगानीकर्ता, विकास साझेदार लगायतलाई फेरी फेरी पनि स्वागत गर्न पाउनेमा विश्वत छौँ । 

– लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले लगानी सम्मेलनमा गरेको सम्बोधनबाट साभार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुशील भट्ट
सुशील भट्ट
लेखकबाट थप