शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

जमानत जफतपछि रास्वपाको प्रतिक्रिया : हामीलाई सचेत गराएको छ

मङ्गलबार, १८ वैशाख २०८१, १२ : ३०
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । इलाम २ भएको उपनिर्वाचनमा जमानत जफत भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी केन्द्रीय समिति बैठकमा गम्भीर समीक्षा गर्ने भएको छ । मङ्गलवार बिहान सम्पन्न मतपरिणाम जमानत जफतसहित चौथो स्थानमा समेटिएपछि आगामी बैठकमा गम्भीर समीक्षा गर्ने विज्ञप्तिमार्फत जानकारी दिएको छ । साथै निर्वाचनमा दौरानमा पार्टीको प्रयासमा कैयन कमजोरी भएको पनि स्वीकारेको छ ।  

‘पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा यस निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्नेछौँ । निर्वाचन परिणामले हाम्रा प्रयासहरूमा कैयन कमीकमजोरी रहेको इङ्गित गरेको छ । सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको साङ्केतिक घण्टीले हामीलाई सचेत गराएको छ’, मङ्गलवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

रास्वपाले नतिजा हाम्रो अनुकूल नआए पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको हामी सदैव सम्मान गर्ने उल्लेख छ ।  उसले विजयी उम्मेदवार सुहाङ नेम्बाङलाई धन्यवाद दिँदै निर्वाचन अभियानमा सहभागी सबैलाई धन्यवाद दिएको छ । 

इलाम २ मा एमालेका उम्मेदवार नेम्बाङ २७ हजार ७७२ मत ल्याई विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत पाएका थिए । तेस्रो स्थानमा  रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ११ हजार ४५७ मत ल्याउँदा रास्वपाका उम्मेदवार मिलन लिम्बूले जम्मा ५ हजार ५० मत पाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप