ओलीको जवाफ : योद्धाको छोरा योद्धा नभएर के स्यालको छोरा बाघ हुन्छ ?
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले इमान, वाचा र नैतिकताका बन्धनलाई महत्त्व दिने बताएका छन् ।
उपनिर्वाचन अन्तर्गत इलाम २ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङको विजयी सभालाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले जे बोल्ने त्यो गर्ने भन्दै इमान र नैतिकताको बन्धनलाई एमालेले तोड्न नसक्ने बताएका हुन् । उपनिर्वाचन र एमाले उम्मेदवार सुहाङ नेम्वाङबारे उठेका प्रश्नको जवाफ उपनिर्वाचनको परिणामले दिएको ओलीले बताए ।
‘अनेक प्रश्नहरू उठेका थिए ती प्रश्नको जवाफ एमालेका नेता कार्यकर्ताले व्यवहारबाट दिनुभएको छ’, ओलीले प्रश्न गर्दै भने, ‘एमालेमा असन्तुष्टि हुन्छ, राजाको छोरो राजा हुन्छ । कहाँबाट सुवास नेम्वाङ राजा हुनुहुन्थ्यो र राजाको छोरो राजा सुहाङ हुनु ?’
ओलीले सुवास नेम्वाङ संविधानसभाको अध्यक्ष, एउटा सांसद र जनताका लागि लड्ने योद्धा भएको बताए ।
‘योद्धाको छोरा योद्धा नभएर के स्यालको छोरा बाघ हुन्छ त ?’, ओलीले आलोचकहरूलाई जवाफ दिए । उनले एमालेका सबै नेता कार्यकर्ता सबै यस्तै भएको र एकताबद्ध प्रयासलाई प्रशंसा गरे । उनले उपनिर्वाचनमा एमालेको जित राष्ट्र निर्माणमा एउटा सिडी थपिएको बताए ।
पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले देशको आर्थिक अवस्था उकास्ने, सुशासन, विकाससम्बन्धी नीति नेकपा एमालेसँग मात्र भएको दाबी समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण