मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
अदालत

जलहरी प्रकरणमा मिलन थापासहित ३ जनालाई सफाइ

मङ्गलबार, १८ वैशाख २०८१, १९ : ०९
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । पशुपतिनाथको जलहरी प्रकरणमा  विशेष अदालतले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा. मिलन कुमार थापासहित ३ जनालाई सफाइ दिएको छ ।

मंगलबार विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठले सफाइ दिने फैसला गरेका हुन् । 

भ्रष्टाचार अभियोगबाट सफाइ पाउनेमा डा. प्रदीप ढकाल, मिलन थापा र अरुणकुमार श्रेष्ठ रहेको विशेष अदालतका अधिकृत सागर ढकाले रातोपाटीलाई बताए । 

पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापासहित पूर्व सदस्यसचिव  ढकाल र विशेष नाइके श्रेष्ठविरुद्ध १ करोड १७ लाख रुपैयाँको बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । 

भ्रष्टाचारको मुद्दा दायर भए लगत्तै निलम्बनमा परेका थापासँग ३ लाख रुपैयाँ धरौटी माग गरेको थियो । अदालतले मागेको धरौटी बुझाएर थापा गत पुस २५ गते नै रिहा भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप