वैशाख २० गते भन्सार विभाग घेराउ गर्ने आजपाको निर्णय
काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी ( आजपा) ले यही वैशाख २० गते भन्सार विभाग घेराउ गर्ने निर्णय गरेको छ । पार्टीको मंगलबार बसेको उपत्यका विशेष कमिटीको बैठकले विभाग घेराउ गर्ने निर्णय गरेको हो ।
अध्यक्ष साहको प्रमुख आतिथ्यता एवं देवी पण्डितको अध्यक्षता बसेको बैठकले भन्सार कानुनमा रहेको ४५ प्रतिशत पुरस्कारको प्रावधानको विरुद्ध निर्णायक आन्दोलन गर्ने निर्णय सहित पार्टी संगठन बिस्तारको कार्ययोजना समेत निर्माण गरेको हो ।
भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रको जनताको निजी सम्पति लुट्ने काम तुरुन्त बन्द गर्न र भन्सार कानुनमा रहेको पुरस्कारको प्रावधान हटाउन माग गर्दै झण्डै ६ महिनादेखि आजपाले निरन्तर संघर्ष गर्दै आएको छ ।
देशको समृद्धि एवं सिमा क्षेत्रको जनताको भविष्य संग जोड़िएको यस महत्वपूर्ण विषयमा सबै पक्षको बिशेष सहयोगको अपेक्षा गरिएको अध्यक्ष साहले बताए । केही दिनअघि आजपाले सरकारलाई यसबारे ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र समेत बुझाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण