विवादकै बिच शिक्षक महासङ्घको नेतृत्व चयन, अध्यक्षमा सुवेदी
काठमाडौँ । नेपाल शिक्षक महासङ्घको अध्यक्षमा लक्ष्मीकिशोर सुवेदी चयन भएका छन् । महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनले सुवेदीलाई अध्यक्षमा चयन गरेको हो ।
सहअध्यक्षमा नानुमाया पराजुली चयन भएका छन् । उपाध्यक्षमा गंगा पौडेल, जयानन्द ठाकुर, हरेन्द्रप्रसाद चौरसिया, पुष्पराज कुँवर, विक्रम झा, देवीदत्त पौडेल चयन भएका छन् । त्यस्तै उपमहासचिव अर्थतर्फ मदनराज जोशी चयन भएका छन् । अर्का उपमहासचिवमा गुरुप्रसाद पौडेल र पुष्कर सापकोटा चयन भएका छन् ।
सचिवहरूमा कल्पना पनेरु, केशव राज रेग्मी, अर्जुन नगरकोटी, जगदीश शाह, लालबाबुप्रसाद जोशी, हरिप्रसाद जोशी र सुरेश शाह सोमार चयन भएका छन् ।
नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले भने महाधिवेशन नै बहिष्कार गरेको थियो । सङ्गठनको भागमा परेका पदहरू खाली राखेर महासङ्घको नयाँ नेतृत्वको घोषणा गरिएको हो । सङ्गठनको भागमा उपाध्यक्ष १, महासचिव १, उपमहासचिव १, सचिव १ र सदस्य ६ गरी ११ जनाको पद खाली राखिएको हो ।
सङ्गठनले महासङ्घको महाधिवेशन वैधानिक तरिकाले नगरेको भन्दै बहिस्कार गरेको हो । सुरुमा स्थानीय तह, जिल्ला, प्रदेशदेखि नै अधिवेशन गरेर महाधिवेशन गर्नुपर्ने र महासङ्घ पुनर्गठन गर्नुपर्ने अडान राखेर सङ्गठनले महाधिवेशन बहिस्कार गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
-
पिसिएम कप प्लस टु बास्केटबलको छात्र र छात्रा दुवैतर्फको उपाधि एमिसीलाई
-
काठमाडौँका सबै भवन ५ वर्षभित्र विपद् उत्थानशील बनाइने
-
धवल शमशेर र दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ पार्टी घोषणाको तयारी, तस्बिरहरू
-
रात्रिकालिन यातायात विस्तार गर्ने काठमाडौँ महानगरको योजना
-
भैरहवाका क्रियाशील पत्रकार अरुण ज्ञवालीको ५४ वर्षको उमेरमा निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण