३७०० फिट उचाइमा रहेका पर्यटकहरू १ घण्टासम्म यस्तो अवस्थामा
बेइजिङ । पर्वतारोहण वा हिमाल आरोहण गर्न रुचाउने मानिस संसारमा धेरै छन् । यस्तो शौख पूरा गर्न मानिसहरू प्रायः ट्रेकिङ जस्ता साहसिक खेलका लागि पनि जान्छन् । तर यस्ता खेलमा कहिलेकाहिँ ठूल्ठूला दुर्घटना पनि हुन्छन् । निकै सास्ती खेप्नु पर्छ ।
भर्खरै चीनमा यस्तै घटना भएको छ । सयौँ पर्वतारोहीहरू ३७०० फिटको उचाइमा एक घण्टासम्म झुन्डिएर बस्न बाध्य भए । द सन वेबसाइटको खबर अनुसार यो मामिला झेजियाङ प्रान्तको हो । यहाँ मानिसहरू यान्डाङ हिमाल चढिरहेका थिए । तर एक्कासि माथि गइरहेका पर्यटकको लाइन अगाडि बढ्दै बढेन ।
चिनियाँ सामाजिक सञ्जालमा एक व्यक्तिले यो घटनाको भिडियो पनि पोस्ट गरेका थिए । पयर्टकहरु पहाडमा १ घण्टासम्म फसे । आफूले टेकेको ठाउँबाट हलचल गर्न सकेनन् । भिडियो पोष्ट गर्ने व्यक्तिले आफू कति उचाइमा थिए भनेर खुलाएका थिएनन् । पहाड भने ३ हजार ७७३ फिट अग्लो थियो ।
यान्डाङ माउन्टेन रक क्लाइम्बिङमा जानेको संख्या धेरै भएकाले उद्धार गर्न समय लागेको बताइएको छ । मे दिवस चीनमा मे १ देखि मे ५ सम्म सार्वजनिक छुट्टी हुन्छ । सार्वजनिक बिदाका कारण त्यहाँका पर्यटकको भिड लागेको थियो । पहाडको टुप्पामा यति धेरै पर्यटक थिए कि उँभो लागिरहेका सबैजना टाकुरामा चढ्न सकेनन् । फर्किने बाटोमा मान्छेको ताँती भएकोले माथि भएकाहरू पनि तल आउन सकेनन् ।
कहाँ भयो गल्ती ?
अड्किएकाहरूलाई सहजै उतार्न सकिन्छ । तर उद्धारकर्मीलाई आरोहीहरू आफैँले पैसा तिर्नु पर्छ । अचम्मको कुरा त के भने भने केही आरोहीहरूले उद्धार शुल्क तिर्नबाट जोगिन झुन्डिएरै बस्न उत्तम ठाने । भिड नियन्त्रण गर्ने प्रणाली नहुँदा पनि समस्या भएको बताइएको छ । टिकट बुक गर्ने सिस्टम नभएकोले आएका जत्ति सबैलाई टिकट दिएर पठाउँदा पनि आरोहीहरूको भिड थेग्नै नसक्ने भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण