मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

३७०० फिट उचाइमा रहेका पर्यटकहरू १ घण्टासम्म यस्तो अवस्थामा

शुक्रबार, २८ वैशाख २०८१, १४ : २५
शुक्रबार, २८ वैशाख २०८१

बेइजिङ । पर्वतारोहण वा हिमाल आरोहण गर्न रुचाउने मानिस संसारमा धेरै छन् । यस्तो शौख पूरा गर्न मानिसहरू प्रायः ट्रेकिङ जस्ता साहसिक खेलका लागि पनि जान्छन् । तर यस्ता खेलमा कहिलेकाहिँ ठूल्ठूला दुर्घटना पनि हुन्छन् । निकै सास्ती खेप्नु पर्छ ।

भर्खरै चीनमा यस्तै घटना भएको छ । सयौँ पर्वतारोहीहरू ३७०० फिटको उचाइमा एक घण्टासम्म झुन्डिएर बस्न बाध्य भए ।  द सन वेबसाइटको खबर अनुसार यो मामिला झेजियाङ प्रान्तको हो । यहाँ मानिसहरू यान्डाङ हिमाल चढिरहेका थिए । तर एक्कासि माथि गइरहेका पर्यटकको लाइन अगाडि बढ्दै बढेन ।

चिनियाँ सामाजिक सञ्जालमा एक व्यक्तिले यो घटनाको भिडियो पनि पोस्ट गरेका थिए । पयर्टकहरु पहाडमा १ घण्टासम्म फसे । आफूले टेकेको ठाउँबाट हलचल गर्न सकेनन् । भिडियो पोष्ट गर्ने व्यक्तिले आफू कति उचाइमा थिए भनेर खुलाएका थिएनन् । पहाड भने ३ हजार ७७३ फिट अग्लो थियो ।

यान्डाङ माउन्टेन रक क्लाइम्बिङमा जानेको संख्या धेरै भएकाले उद्धार गर्न समय लागेको बताइएको छ । मे दिवस चीनमा मे १ देखि मे ५ सम्म सार्वजनिक छुट्टी हुन्छ । सार्वजनिक बिदाका कारण त्यहाँका पर्यटकको भिड लागेको थियो । पहाडको टुप्पामा यति धेरै पर्यटक थिए कि उँभो लागिरहेका सबैजना टाकुरामा चढ्न सकेनन् । फर्किने बाटोमा मान्छेको ताँती भएकोले माथि भएकाहरू पनि तल आउन सकेनन् ।

कहाँ भयो गल्ती ?

अड्किएकाहरूलाई सहजै उतार्न सकिन्छ । तर उद्धारकर्मीलाई आरोहीहरू आफैँले पैसा तिर्नु पर्छ । अचम्मको कुरा त के भने भने केही आरोहीहरूले उद्धार शुल्क तिर्नबाट जोगिन झुन्डिएरै बस्न उत्तम ठाने । भिड नियन्त्रण गर्ने प्रणाली नहुँदा पनि समस्या भएको बताइएको छ । टिकट बुक गर्ने सिस्टम नभएकोले आएका जत्ति सबैलाई टिकट दिएर पठाउँदा पनि आरोहीहरूको भिड थेग्नै नसक्ने भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप