सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

तयार भयो ‘बोर्डर २’को स्क्रिप्ट

शुक्रबार, २८ वैशाख २०८१, १४ : ३५
शुक्रबार, २८ वैशाख २०८१

नयाँ दिल्ली । सन् २०२३ मा ‘गदर २’ को सुपर सफलतापछि सन्नी देओलको ‘बोर्डर २’ चर्चा सुरु भएको छ । जेपी दत्तको निर्देशनमा बनेको ‘बोर्डर’ सन् १९९७ मा रिलिज भएको थियो । 

यो फिल्मले बक्स अफिसमा तहल्का मच्चाएको थियो । अब यो फिल्मको सिक्वेल आउँदैछ । मेकरहरुले फिल्मको स्क्रिप्ट फाइनल गरेका छन् । ‘बोर्डर २’मा सनी देओलसँगै आयुष्मान खुराना पनि देखिने भएका छन् ।

फिल्मलाई सन् २०२६ को जनवरी २३ मा रिलिज गर्ने तयारीमा निर्माता र निर्देशक रहेको भन्दै पिंकभिलाले एउटा समाचारमा भनेको छ । जनवरी २६ मा गणतन्त्र दिवसको सार्वजनिक बिदा हुन्छ । लामो सप्ताहन्त हुने अनि व्यापार पनि राम्रो हुने अपेक्षामा उक्त दिनमा फिल्म रिलिज गर्न लागिएको हो ।

बोर्डर २ को स्क्रिप्टमा विगत एक वर्षदेखि काम भइरहेको थियो । मेकरहरूले दर्शकहरूको अपेक्षाअनुरुपको स्क्रिप्ट तयार गरेको बताइएको छ । फिल्मलाई लिएर सन्नी देओल र आयुष्मान खुराना पनि निकै उत्साहित रहेको बताइएको छ । ‘बोर्डर २’ भारतको सबैभन्दा ठुलो युद्धको फिल्म हुने दाबी गरिएको छ ।

अनुराग सिंहले निर्देशन गर्नेछन् फिल्म

सन्नी देओल र आयुष्मान खुरानाको फिल्म ‘बोर्डर २’लाई भूषण कुमार, जेपी दत्त र निधि दत्तले संयुक्त रूपमा निर्माण गरिरहेका छन् । फिल्मको निर्देशनको जिम्मेवारी अनुराग सिंहले लिएका छन् । सन २०२६ मा ‘बोर्डर’ रिलिज भएको २९ वर्ष पूरा हुनेछ ।

सनी देओलको ‘बोर्डर’ मल्टिस्टारर फिल्म थियो । फिल्ममा ज्याकी श्राफ, अक्षय खन्ना, सुदेश बेरी, पुनित इस्सार र कुलभूषण खरबन्दालगायत स्टारहरूले महत्त्वपूर्ण भूमिका खेलेका थिए । ‘बोर्डर’को कथा जेपी दत्तले लेखेका थिए भने निर्देशन पनि उनी आफैले गरेका थिए । यो फिल्म सन् १९७१ को भारत–पाकिस्तान युद्धमा आधारित थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप