कविता
कामदार
शनिबार, २९ वैशाख २०८१, १२ : ०५
दिउँसो पनि काम राती पनि काम
सुस्ताउँदैन कामदार जून होस् कि घाम
साह्रै थाक्या जस्तो पसिना पुछ्दै
बोल्दैन भन्दैन व्यथा मन भित्रै
यता गर्छ उता गर्छ फटाफट फटाफट
नयाँ काम गर्न तयार हुन्छ झट्टपट्ट
घण्टा घण्टा जोड्दै गर्छ ओभर टाइम
पेनी पेनी बटुल्दै बचाउँछ डाइम
कोही साहुनी कस्ती कोही साहु कस्ता
प्याच्च भनिहाल्छन् एकै छिन बस्दा
सहिदिन्छ कठैबर भइ मरितुल्य
दशथोपा पसिनाको एकथोपा मूल्य
भविष्यको सपना यही भो बाटो
क्षण क्षण सम्झिन्छ गाउँको माटो
दिन महिना गर्दै बिते कति वर्ष
कामदारको जिन्दगीमा कहिले आउला हर्ष ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण