कविता
कामदार
शनिबार, २९ वैशाख २०८१, १२ : ०५

दिउँसो पनि काम राती पनि काम
सुस्ताउँदैन कामदार जून होस् कि घाम
साह्रै थाक्या जस्तो पसिना पुछ्दै
बोल्दैन भन्दैन व्यथा मन भित्रै
यता गर्छ उता गर्छ फटाफट फटाफट
नयाँ काम गर्न तयार हुन्छ झट्टपट्ट
घण्टा घण्टा जोड्दै गर्छ ओभर टाइम
पेनी पेनी बटुल्दै बचाउँछ डाइम
कोही साहुनी कस्ती कोही साहु कस्ता
प्याच्च भनिहाल्छन् एकै छिन बस्दा
सहिदिन्छ कठैबर भइ मरितुल्य
दशथोपा पसिनाको एकथोपा मूल्य
भविष्यको सपना यही भो बाटो
क्षण क्षण सम्झिन्छ गाउँको माटो
दिन महिना गर्दै बिते कति वर्ष
कामदारको जिन्दगीमा कहिले आउला हर्ष ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिगत जलस्रोतको पुनर्भरणका लागि जलाधार क्षेत्रको संरक्षण गरौँ : राष्ट्रपति
-
१२ पटक विज्ञापन गर्दा पनि आएनन् विज्ञान शिक्षक !
-
प्रकाशन तथा प्रसारण सङ्घ लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
मजगैयाँको गजल गीत : ‘के छ ओइ सान्नानी’ मा सुधीर र उषाको अभिनय
-
मस्जिदमा भएको आक्रमणमा परी नाइजेरियामा ४४ जनाको मृत्यु
-
पूर्वविशिष्टहरुलाई सुविधा दिन हुँदैनः स्वास्थ्यमन्त्री