डेनमार्कमा मिथिला चित्रकला प्रदर्शनी
काठमाडौँ । चित्रकार रन्जु यादवको अन्तर्राष्ट्रिय एकल मिथिला चित्रकला डेनमार्कमा प्रदर्शन भएको छ । डेनमार्कका लागि नेपाली राजदूत प्रा.डा.रामस्वार्थ रायले वैशाख २९ गते उद्घाटन गरिएका प्रदर्शनीमा चित्रकार यादवको ३२ वटा मिथिला चित्र राखिएका थिए ।
नेपाली दूतावास डेनमार्क, एनआरएनए डेनमार्क र रेस्टुरेन्ट नेपाली भान्छाले संयुक्त रूपमा यस प्रदर्शनीको आयोजना गरेका थिए । यसअघि चित्रकार यादवले कोपनहेगनमै नेपाली र भारतीय बालबालिकालाई मिथिला चित्रकला प्रशिक्षणसमेत दिएकी थिइन् । एनआरएनए डेनमार्कले आयोजना गरेको चित्रकला कार्यशालामा करिब ५० जना बालबालिका सहभागी भएका थिए ।
राष्ट्रिय ललितकला पुरस्कारबाट सम्मानित यादव ३३ दिनको युरोप कला यात्राका क्रममा उनी डेनमार्कपछि स्वीडेन जाने कार्यक्रम रहेको छ । यसअघि चित्रकार यादवको एकल प्रदर्शनी जर्मनीको फ्र्यान्कफर्टमा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण