बिहीबार, २९ जेठ २०८२
ताजा लोकप्रिय
क्रिकेट

अमेरिकाद्वारा सन्दीपलाई भिसा दिन अस्वीकार

बुधबार, ०९ जेठ २०८१, १६ : ५५
बुधबार, ०९ जेठ २०८१

अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराएका हुन् ।

बलात्कार मुद्दामा सफाइ पाएसँगै विश्वकप खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि उनलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको हो। 

'नेपालस्थित अमेरिकी दूतावासले २०१९ मा जे गरेको थियो अहिले पनि त्यही गर्‍यो', लामिछानेले फेसबुकमा भनेका छन्, 'दुर्भाग्य! अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि मेरो भिसा अस्वीकृत भएको छ । नेपाली क्रिकेटका सम्पूर्ण शुभेच्छुकहरुमा माफी चाहन्छु ।'

क्यानका सदस्य दुर्गा पाठकले पनि सन्दीपको भिसा जारी नभएको  खबर प्राप्त भएको जानकारी दिए । उनले भने, ‘सन्दीप आजै अमेरिका जाने तयारी थियो । हामी यसबारेमा थप पहल गर्छौँ ।’ 

यसअघि बलात्कारसम्बन्धी मुद्दा लागेपछि नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो । त्यसपछि अमेरिकाले यसअघिको सबै भिसा रद्द गरेकाले उनले भिसाका लागि नयाँ आवेदन दिनु परेको थियो । 

ICC CWC League 2, 2023-27 ICC CWC League 2, 2023-27

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप