अमेरिकाको ५० राज्य तथा ७ महादेशमा गल्फ खेलेका विनोद थापाले निकाले गल्फ यात्रा नामक पुस्तक
अमेरिका । अमेरिकाको ५० वटा राज्यका राजधानी, ७ वटा महादेश सहित विश्वका ३० वटा भन्दा ज्यादा देश पुगी गल्फ खेलेका डिसी महानगर क्षेत्रका विनोद (बेन) थापाले मेरो गल्फ यात्रा नामक पुस्तक प्रकाशित गरेका छन् । जसलाई उनले माई गल्फ जर्नी नाम दिएका छन् ।
काठमाडौँ बालुवाटार निवासी थापा करिब साढे तीन दशक अगाडी अमेरिका आएका हुन् । अमेरिकामै आई उच्च शिक्षा हासिल गरेका उनी सूचना प्रविधिका दक्ष व्यक्ति हुन् ।
सन् १९८९ मा अमेरिका आएका उनी मातृभूमिलाई औधी माया गर्छन् । उनलाई अन्य खेल प्रति त्यतिकै रुचि पनि छ । नेपालमा किशोर अवस्था हुँदा उनको मन पर्ने खेल बक्सिङ थियो । खेल ज्यादै मन पराउने हुँदा स्वयम् बक्सर हुन् पनि भ्याए । प्रतियोगितामा भाग पनि लिए पनि त्यसलाई स्थायी बनाएनन् ।
अमेरिका आएको ४ वर्ष पछि उनको गल्फ खेलमा रुचि बढ्यो जुन उनले पुस्तकको प्रारम्भमा मेरो गल्फ यात्रामा उल्लेख गरेका छन् । त्यसपछि बेन थापाले पछाडि कहिले हेरेनन् । उनी अविरल रूपमा गल्फ खेलमा लागेको लागै गरे ।
परिणाम स्वरूप उनी अहिले डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको साउथ राइडिङ्ग सहरमा हुने प्रतियोगितामा धेरै पटक विजेता भएका छन् । उनी साउथ राइडिङ्ग गल्फ क्लबका सदस्यको साथै यस क्लबका अत्यन्तै क्रियाशील सदस्य पनि हुन् । उनले नै ९ वर्ष अगाडी उक्त क्लबमा आयोजना हुने फ्राईडे नाइट लिग ल्याएर अहिले सम्म निरन्तर सञ्चालन गरी रहेका छन् ।
उनी यसरी अमेरिकाको ५० वटा राज्यका राजधानी ,७ वटा महादेश सहित विश्वका ३० वटा भन्दा ज्यादा देशहरूमा खेल खेल्ने नेपाली मूलका सम्भवतः पहिलो नेपाली मूलको व्यक्ति हुन् ।
विश्वका ७ महादेश,अमेरिकाको ५० वटै राज्यका राजधानी तथा विश्वका ४५ वटा देश भ्रमण मध्ये ३१ वटा देशहरूमा गल्फ खेल्ने उनी सम्भवतः विश्व कै पहिलो गल्फ खेलाडी हुन् ।
पुस्तक अहिले एमाजोनमा बिक्रीको लागि अग्रिम रूपमा खरिद गर्न सकिने छ । उनको माई गल्फ जर्नी (मेरो गल्फ यात्रा)को मूल्य २९ डलर ९९ सेन्ट राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण