सातामा घट्यो सुनचाँदीको मूल्य
काठमाडौँ । यो साता स्थानीय बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा सुन र चाँदीको मूल्यमा भारी गिरावट हो । महासंघका अनुसार सुन तोलामा ३८ सय र चाँदी १०० रुपैयाँले घटेको छ ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४५ हजार रुपैयाँ थियो । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँ कायम थियो । यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार ५०० रुपैयाँ कायम छ ।
यो साता आइतबारदेखि नै सुनको मूल्य घट्न थालेको थियो । शुक्रबारको तुलनामा तोलामा ४ हजार रुपैयाँले घटेको सुनको मूल्य सोमबार र मंगलबार स्थिर रह्यो । यस्तै बुधबार ६०० ले बढेर बिहीबार पनि सोही मूल्य कायम रह्यो । शुक्रबार भने तोलामा ४०० रुपैयाँले घटेर १ लाख ४२ हजार २०० कायम भएको हो ।
यस्तै यो साता चाँदीको मूल्य पनि घटेको छ । गत साताको शुक्रबार तोलामा १९ सय रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रबार १८ सय रुपैयाँमा आइपुग्यो । यो साता आइतबार तोलामा ७५ रुपैयाँले घटेर सोमबार सोही मूल्यमा बिक्री भयो । यस्तै मंगलबार १० रुपैयाँले घटेको चाँदी बुधबार ५ रुपैयाँले बढ्यो र बिहीबार र शुक्रबार १०–१० रुपैयाँले घट्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण