बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
माैसम पूर्वानुमान

मनसुनसहित अन्य तीन बायुको प्रभाव नेपालमा, कहाँ-कहाँ हुन्छ वर्षा ?

आइतबार, ०२ असार २०८१, ०६ : ०३
आइतबार, ०२ असार २०८१

काठमाडौँ । हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी र मधेस प्रदेशमा साधरणतया बदली, गण्डकी र बागमती प्रदेशमा आंशिक देखि साधरणतया बदली भई बाँकी  भूभागमा आंशिक बदली रहेको छ। कोशी  प्रदेशका केही स्थानहरूमा तथा मधेस र बाग्मती  प्रदेशका थोरै स्थानहरुमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

आज राति कोशी र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा  चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भोलि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेस प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप