आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

महिनाकै ५० लाख कमाउँछन् युट्यूबर ​​​​​​​एल्भिस यादव

बुधबार, ०९ जेठ २०८१, १७ : ३६
बुधबार, ०९ जेठ २०८१

नयाँ दिल्ली । सम्पत्ति शुद्धीकरण मामिलामा फसेका भारतीय युट्यूबर र बिग बस ओटीटी २ विजेता एल्भिस यादवको मासिक कमाई ५० लाख रहेको छ । मार्चमा नोएडा प्रहरीले यादवलाई ड्रग पार्टीमा साँपको विष आपूर्ति गरेको मामिलामा पक्राउ गरेको थियो ।

सो पार्टी एल्भिसले राखेको बताइन्छ । पक्राउ परेको पाँच दिनपछि एक अदालतले यादवलाई जमानत दिएको थियो । गएको महिना प्रहरीले यस मामिलामा एल्भिस र अन्य ८ जनाविरुद्ध १ हजार २०० पन्नाको अभियोग पत्र दायर गरेको थियो ।

सो अभियोगपत्रका अनुसार एल्भिशले आफ्नो मासिक कमाई ५० लाख भारु बताएका छन् ।  ‘म भिडियो बनाएर युट्युबमा हाल्छु अनि कतै प्रोग्राम भइरहेको रहेछ भने त्यहाँ पनि जान्छु र भिडियो बनाएर हाल्छु’ उनले भनेका छन् ।

युट्युबबाटै आफूले महिनाकै ३६ देखि ४० लाख भारु कमाउने गरेको उनले बताए । यसबाहेक उनले ‘सिस्टम’ ज्वाइन गरेको र यसबाट पनि ८–१० लाख भारु हुने उनको भनाई छ । आफूले सुटको लागि मात्रै साँप मगाएको र यस क्रममा अलग अलग प्रजातिका साँपको साथमा भिडियो सुट गरेको उनको दाबी छ ।

उनले आफूमाथि लागेको अरू सबै आरोप अस्वीकार गरेका छन् । साँप र छेपारोको प्रयोग नशाका लागि नभएर सुटका लागि मात्रै गरिएको दाबी उनले गरेका थिए । यस्तो गर्नु गलत हो भन्ने थाहा हुँदाहुँदै पनि आफूले त्यस्तो गरेको पनि उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप