यशको ‘टक्सिक’मा हुमा कुरेशीको इन्ट्री
नयाँ दिल्ली । साउथ सुपरस्टार यश अहिले आफ्नो आगामी फिल्म ‘टक्सिकः ए फेयरीटेल फर ग्रोन अप्स’का कारण चर्चामा छन् । फिल्मको कथा र कलाकारबारे नयाँ–नयाँ जानकारी आइरहेका छन् ।
फिल्मको काष्टिङ अहिलेसम्म तय भइसकेको छैन । फिल्ममा नयाँ कलाकारहरू जोडिने क्रम जारी छ । यसैबिच फिल्ममा अर्की बलिउड अभिनेत्री जोडिएको खबर आइरहेको छ ।
फिल्ममा कियारा आडवाणी यसअघि नै जोडिएको खबर आएको थियो । अर्की बलिउड अभिनेत्री पनि फिल्ममा महत्त्वपूर्ण भूमिकाका लागि आबद्ध भएको खबर आइरहेको छ । रिपोर्टका अनुसार बलिउड अभिनेत्री हुमा कुरैशीलाई फिल्ममा मुख्य भूमिकाका लागि कास्ट गरिएको छ । करीना कपुरले अस्वीकार गरेको भूमिकामा हुमा अनुबन्धित भएको अनुमान गरिएको छ ।
हुमा फिल्ममा आउने खबरले उनका फ्यानहरु पक्कै पनि उत्साहित छन् । उनलाई केही नयाँ महत्त्वपूर्ण भूमिकाका लागि रोजिएको बताइएको छ । हुमाको पात्रबारे अन्य विवरणहरू चाँडै सार्वजनिक हुने अपेक्षा गरिएको छ । यसैबिच हुमा अक्षय कुमार र अरशद वारसीको फिल्म ‘जोली एलएलबी ३’ मा पनि देखिने चर्चा चलिरहेको छ ।
फिल्मलाई गीतू मोहनदासले निर्देशन गर्न लागेका हुन् । केभीएन प्रोडक्शन्स र मन्स्टर माइन्ड क्रिएशन्सको सह–निर्माणमा टक्सिक बन्न लागेको छ । फिल्म आगामी वर्ष अप्रिल १० मा हलमा रिलिज गरिने बताइएको छ । यशको यो १९ औँ फिल्म हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण