चिकित्सा शिक्षा आयोगले निकाल्यो शैक्षिक क्यालेण्डर

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले २०८१/०८२ को शैक्षिक क्यालेन्डर प्रकाशन गरेको छ । आयोगबाट सञ्चालन गरिने चिकित्सा शिक्षाका विभिन्न कार्यक्रमहरूको एकीकृत प्रवेश परीक्षा लगायत विद्यार्थीको भर्नासम्म कार्यक्रम समावेश गरेर क्यालेन्डर प्रकाशित गरेको सदस्य सचिव कृष्णप्रसाद काप्रीले बताए ।
शुक्रवार बसेको कार्यकारी समितिको बैठकले शैक्षिक क्यालेन्डर प्रकाशित गर्ने निर्णय गरेको थियो । सार्वजनिक गरिएको शैक्षिक क्यालेन्डर अनुसार स्नातक तहको हकमा यो वर्षको एकीकृत प्रवेश परीक्षा भदौको पहिलो सातामा हुनेछ भने स्नातकोत्तर तहको परीक्षा माघको तेस्रो हप्तामा हुनेछ ।
प्रकाशित शैक्षिक क्यालेन्डर अनुसार एकीकृत प्रवेश परीक्षाको आवेदन भर्ने सूचना जेठ चौथो हप्तासम्म प्रकाशित गरिनेछ । स्नातकोत्तर तहको हकमा भदौमा आवेदन भर्ने सूचना प्रकाशन गरिनेछ ।
परीक्षा फाराम भर्ने समयावधि स्नातक तहको हकमा असार तेस्रो हप्तामा हुनेछ भने स्नातकोत्तर तहको हकमा कात्तिकको चौथो हप्तामा हुनेछ । एकीकृत प्रवेश परीक्षा सञ्चालन स्नातक तहको हकमा भदौको पहिला हप्तामा हुनेछ भने स्नातकोत्तर तहको हकमा माघको तेस्रो हप्तामा हुनेछ ।
प्रवेश परीक्षाको नतिजा भदौ दोस्रो हप्तामा सार्वजनिक हुनेछ भने स्नातकोत्तर तहको हकमा माघको चौथो हप्तामा प्रकाशन गरिनेछ । आयोगले २०८१ को मंसिर चौथो हप्तादेखि स्नातक तहको कक्षा प्रारम्भ गर्ने लक्ष्य लिएको छ भने स्नातकोत्तर तहको हकमा २०८२ वैशाख १ गतेदेखि हुने गरी तालिका निकालेको छ ।
एकीकृत प्रवेश परीक्षामा सहभागी हुन साबिकको व्यवस्थाका अतिरिक्त कक्षा १२ को परीक्षामा समावेश भएको प्रवेशपत्र पेश गरेर पनि आवेदन दिन सकिनेछ । कक्षा १२ को नतिजा प्रकाशन पछि मात्र स्नातक तहको प्रवेश परीक्षाको नतिजा प्रकाशन गरिने भएकाले शैक्षिक क्यालेन्डर नम्बर ७ भन्दा पछाडिको कार्यहरूको समयावधि परिमार्जन हुने सक्ने सदस्य सचिव काप्रीले बताए ।
अनलाइन आवेदन फाराम भर्ने समयावधि दोब्बर दस्तुरसहित बढीमा चार हप्तासम्मको हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो विदेशी मुद्राको मूल्य
-
बुबाआमाको टुङ्गो नभएका इन्द्रबहादुरलाई नागरिकता
-
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्ला नसुनौं : बोर्ड
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै