अमेरिकामा घुम्रपातका कारण मर्नेको सङ्ख्या २१ पुग्यो, ४२ जना घाइते
टेक्सस । अमेरिकाको टेक्सस, ओक्लाहोमा र अर्कान्सास राज्यमा आइतबार आएको घुम्रपातमा परेर २१ जनाको मृत्यु भएको छ । अरू ४२ जना भन्दा बढी घाइते भएको बताइएको छ ।
अमेरिकी सञ्चार गृह सीएनएनका अनुसार घुम्रपात, असिना र आँधीको चपेटामा करिब १० करोड मानिस परेका छन् । घुम्रपातका कारण यी तीन राज्यमा कयौँ भवनहरू क्षतिग्रस्त भएका छन् । ग्यास लाइन, र एक इन्धन स्टेसन पनि नष्ट भएको बताइएको छ ।
उद्धार टोली घटनास्थलमा पठाइएको छ । इलिनोइस, केन्टकी, मिसौरी र टेनेसी सहरमा सबैभन्दा बढी क्षति पुगेको छ । त्यहाँ झन्डै बेसबल आकारको असिना झरेको थियो ।
- अर्कान्सासमा आपत्काल घोषणा
टेक्सासमा घुम्रपातका कारण ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ बालबालिका पनि रहेका छन् । जसमध्ये एकजना २ वर्ष र अर्काे बालक ५ वर्षका थिए ।
अर्कान्सासमा ८ जनाको मृत्यु भएको छ । अर्कान्सासका गभर्नर साराह हकाबी स्यान्डर्सले आपत्कालको घोषणा गरेकी छन् । केन्टकीमा एक व्यक्तिको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण