अमेरिकामा घुम्रपातका कारण मर्नेको सङ्ख्या २१ पुग्यो, ४२ जना घाइते

टेक्सस । अमेरिकाको टेक्सस, ओक्लाहोमा र अर्कान्सास राज्यमा आइतबार आएको घुम्रपातमा परेर २१ जनाको मृत्यु भएको छ । अरू ४२ जना भन्दा बढी घाइते भएको बताइएको छ ।
अमेरिकी सञ्चार गृह सीएनएनका अनुसार घुम्रपात, असिना र आँधीको चपेटामा करिब १० करोड मानिस परेका छन् । घुम्रपातका कारण यी तीन राज्यमा कयौँ भवनहरू क्षतिग्रस्त भएका छन् । ग्यास लाइन, र एक इन्धन स्टेसन पनि नष्ट भएको बताइएको छ ।
उद्धार टोली घटनास्थलमा पठाइएको छ । इलिनोइस, केन्टकी, मिसौरी र टेनेसी सहरमा सबैभन्दा बढी क्षति पुगेको छ । त्यहाँ झन्डै बेसबल आकारको असिना झरेको थियो ।
- अर्कान्सासमा आपत्काल घोषणा
टेक्सासमा घुम्रपातका कारण ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ बालबालिका पनि रहेका छन् । जसमध्ये एकजना २ वर्ष र अर्काे बालक ५ वर्षका थिए ।
अर्कान्सासमा ८ जनाको मृत्यु भएको छ । अर्कान्सासका गभर्नर साराह हकाबी स्यान्डर्सले आपत्कालको घोषणा गरेकी छन् । केन्टकीमा एक व्यक्तिको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ जना मृतावस्थामा फेला
-
गुजरातविरुद्धको खेलमा विराटको कीर्तिमान तोड्न सक्छन् केएल राहुलले
-
मखन आगलागी : छानबिन गरेर १० दिनभित्र रिपोर्ट बुझाउन उपप्रमुख डंगोलको निर्देशन
-
विपिन कुमार गुरुङ : पूर्व भलिबल खेलाडीदेखि सफल व्यवसायी र समाजसेवीसम्म
-
कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह
-
प्रचण्डलाई किसानले दिए काँक्रो उपहार