अमेरिकामा आँधी आएपछि सात लाख ग्राहक विद्युत्विहीन
मङ्गलबार, १५ जेठ २०८१, २२ : २०
सन फ्रान्सिस्को । संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यमा आँधी आएपछि मङ्गलबार बिहान सात लाख ३० हजारभन्दा बढी ग्राहक अझै पनि विद्युत्विहीन बनेको पावर आउटेज डट युएसले जनाएको छ ।
त्यस क्रममा ग्राहकहरूको सङ्ख्या बढ्दै गयो र डलास काउन्टीमा मात्र तीन लाखभन्दा बढी मानिस विद्युत्विहीन बने । केन्टुकी, अर्कान्सस, वेस्ट भर्जिनिया र मिसौरी राज्यहरूमा एक लाख ६० हजारभन्दा बढी घर र व्यवसायहरू मङ्गलबार बिहानसम्म विद्युत्विहीन थिए ।
मेमोरियल डे सप्ताहन्तमा मध्य संयुक्त राज्य अमेरिकामा आएको आँधीका कारण कम्तीमा २० जनाको व्यक्तिको मृत्यु भएको छ । साथै महत्त्वपूर्ण सम्पत्तिको क्षति भएको छ ।
आइतबार अहिलेसम्मको सबैभन्दा व्यस्त मौसम दिन थियो । यसमा २० भन्दा धेरै राज्यमा तीव्र हावा वा असिनाको छ सयभन्दा बढी रिपोर्ट गरिएको थियो । -(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिले अपराह्न साढे ३ बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने
-
कुन देशमा कति बजे छ विजयादशमीको साइत ?
-
यस वर्ष दसैँको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा
-
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुई दिनपछि उद्धार
-
चेन्नईनजिक यात्रुवाहक रेल मालगाडीसँग ठोक्कियो
-
महिला टी–२० विश्वकप : पाकिस्तानलाई पन्छ्याउँदै अस्ट्रेलियाको तेस्रो जित