रणवीरको फिल्म ‘राक्षस’को सुटिङ स्थगित
नयाँ दिल्ली । बलिउड अभिनेता रणवीर सिंह दक्षिण भारतका चर्चित निर्देशक प्रशान्त बर्माको मेगा बजेट फिल्म ‘राक्षस’मा काम गर्दै थिए । तर यो फिल्मको सुटिङ अनिश्चित अवधिसम्मका लागि स्थगित भएको छ ।
रणवीर र प्रशान्तले यस विषयमा संयुक्त विज्ञप्ति जारी गरेका छन् । यो फिल्म अल्लु अर्जुनको ‘पुष्पा’ फ्रेन्चाइजीको निर्माता मैत्री मूभी मेकर्सले बनाउँदै थियो ।
फिल्मको नाम सुरुमा ‘ब्रह्मराक्षस’ र त्यसपछि ‘राक्षस’ राखिएको थियो । पछिल्लो समय यो फिल्मको निकै चर्चा भइरहेको थियो । प्रशान्तको फिल्म ‘हनुमान’ ब्लकबष्टर बनेपछि रणवीर सिंह आफैँले पनि उनीसँग काम गर्ने इच्छा व्यक्त गरेका थिए । लामो समयसम्म फिल्मको कथाबारे छलफलपछि दुवैले यसको स्क्रिप्ट फाइनल पनि गरेका थिए ।
खबरका अनुसार हैदराबादमा यस फिल्मको प्रोमो र अनाउन्समेन्ट भिडियोको सुटिङका क्रममा रणवीर र प्रशान्तबिच अनबन भएको थियो । सोलगत्तै रणवीरले फिल्म छोडेको खबर आएको थियो ।
रणवीर र प्रशान्तबिच रचनात्मक भिन्नताका कारण फिल्मको सुटिङ पछाडि सरेको हुन सक्ने बताइएको छ ।
यस विषयमा रणवीर सिंहले पहिलो पटक आधिकारिक वक्तव्य जारी गरेका छन् । उनको टिमले दिएको विज्ञप्तिका अनुसार रणवीरले भविष्यमा रोमाञ्चक काममा सँगै काम गर्ने आशा व्यक्त गरेका छन् । यो बयानसँगै फिल्मका निर्देशक प्रशान्तको पनि एक वक्तव्य आएको छ । रणवीर जस्तो ऊर्जा र प्रतिभा पाउन गाह्रो भएको र चाँडै नै भविष्यमा सँगै काम गर्ने विज्ञप्तिमा उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण