मदन भण्डारी विश्वविद्यालयलाई बजेट छैन, प्रधानमन्त्री छोरी कार्यक्रमलाई पनि थोरै : गोकुल बास्कोटा
काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल प्रसाद बास्कोटाले देशको आधा जनसङ्ख्यालाई सम्बोधन गर्नेगरी आएको प्रधानमन्त्रीसँग छोरी आत्मनिर्भर कार्यक्रम राम्रो रहेको बताउँदै त्यसका लागि बजेट कम भएको बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथि आफ्नो धारणा राख्दै बास्कोटाले यो कार्यक्रमका लागि जम्मा १० करोड रुपैयाँ राखेर कसरी आधा आकाश, आधा धर्ती ढाक्ने जनसङ्ख्यालाई सम्बोधन गर्ने भनेर प्रश्न गरे ।
यति थोरै रकमले कसरी त्यति ठुलो जनसङ्ख्यालाई आत्मनिर्भर बनाउन सक्छ भन्ने बास्कोटाको प्रश्न थियो ।
उनले भने,‘यो सुनिँदा मिठो तर व्यवहारमा अलिकति उपेक्षा नै गरेजस्तो भयो । प्रधानमन्त्री पनि खुसी नै हुनुहुन्छ होला यो कार्यक्रमसँग तर पैसा पुगेन के । कार्यक्रम नै छोटो छ केवल प्रचारको लागि मात्रै हो कि वा कुनै सेक्टरल क्षेत्रमा काम हुन सक्ला ।’
यस्तै देशको लोकतान्त्रिक, गणतान्त्रिक आन्दोलनमा उल्लेख्य योगदान पुर्याएका व्यक्तिहरूका लागि भनेर बजेटमा सम्बोधन गर्नुपर्नेमा सर्वोच्च अदालतले पनि त्यसो नगर्नु भनेकोले जनयुद्ध भन्ने शब्दले अलिकति एकपक्षीय जस्तो भएको बताए । उनले गठबन्धन दलमा पनि यसबारे समझदारी हुनुपर्ने तर नभएको बताए ।
यस्तै मदन भण्डारी विश्वविद्यालयका लागि सुक्का, ७ आनापनि बजेट नभएको भन्दै त्यसका लागि बजेट व्यवस्था गर्न उनले आग्रह गरे । यस्तै राजस्व परिचालनबाट बजेट धान्न नसक्ने भएकोले आन्तरिक भन्दापनि बाह्य ऋणबाट चलाउनका लागि आग्रह गर्दै उनले बजेटले लक्ष्य अनुसार काम गर्न चुनौती रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण