ओपनरद्वयको शतकीय साझेदारी, अफगानिस्तानद्वारा १ सय ८४ रनको लक्ष्य प्रस्तुत
गुयाना । आईसीसी टी–२० विश्वकपमा अफगानिस्तानले मंगलबार युगान्डाविरुद्ध १ सय ८४ रनको लक्ष्य प्रस्तुत गरेको । गुयानाको प्रोभिडेन्स स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षति १ सय ८३ रन बनाएको हो ।
टोलीका लागि ओपनरद्वय रहमनुल्लाह गुरुबाज र इब्राहिम जादरानले शतकीय साझेदारी गरे । दुवैले पहिलो विकेटका लागि १ सय ५४ रन जोडे ।
गुरबाजले ४५ बलमा ७६ रन बनाए । उनले ४ चौका र ४ छक्का हिर्काए । जादरानले ४६ बलमा ७० रन जोडे । उनले ९ चौका र १ छक्का प्रहार गरे ।

त्यसपछि भने युगान्डाका बलरले कमब्याक गर्दै अफगानिस्तानलाई अझै ठुलो योगफल बनाउनबाट रोकेको थियो । दुवै ओपनरलाई गुमाएपछि अफगानिस्तानका अन्य ब्याटरले खासै ठुलो योगादन दिनसकेनन् ।
मोहम्मद नाबीले १६ बलमा १४ रन जोडे । युगान्डाका लागि ब्रायन मसाबा र कोसमास केवुटाले २-२ विकेट लिए ।
दुई टोली पहिलो पटक आमनेसामने भएका हुन् । समूह ‘सी’ मा वेस्ट इन्डिज र न्युजिल्याण्ड सुपर–८ पुग्ने दाबेदार मानिन्छन् । यस्तो अवस्थामा अफगानिस्तानले साना टोलीविरुद्ध जित दर्ता गर्न मात्र नभई आफ्नो नेट रन रेट कायम राख्न ठुलो जित हासिल गर्ने प्रयास गर्नेछ।
यता पहिलो पटक विश्वकप खेलिरहेको युगान्डा पनि विपक्षी अप्ठ्यारोमा पार्न चाहेको छ । टोली अफ्रिका क्वालिफायरमार्फत विश्वकपमा पुगेको हो । टोलीले जिम्बावेलाई पाँच विकेटले पराजित गरेको थियो। पूर्ण-समय सदस्यविरुद्ध टोलीको यो पहिलो जित थियो । यसले उनीहरूको अपेक्षा बढाएको छ।
पछिल्लो १२ महिनामा टी–२० को ट्र्याक रेकर्ड हेर्दा अफगानिस्तानले १७ खेल खेलेको छ । जसमध्ये ७ मा जित, ८ मा हार, १ मा बराबरी र १ खेलमा नतिजा आएन । उता युगान्डाले ३७ खेल खेलेको छ जसमध्ये ३२ मा जित र ५ मा हार बेहोरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण