ओयार्जाबलको ह्याट्रिक, स्पेनको गोल वर्षा
बिहीबार, २४ जेठ २०८१, १२ : ३५
मड्रिड । मिकेल ओयार्जाबलको ह्याट्रिकको मद्दतले स्पेनले एन्डोर्रामाथि गोल वर्षा गरेको छ । बुधबार राति भएको मैत्रीपूर्ण खेलमा स्पेन ५–० गोलले विजयी बनेको हो ।
खेलमा एयोजे पेरेजले टोलीलाई अग्रता दिलाएका थिए । उनले २४ औँ मिनेटमा गोल गरे । त्यसपछि पहिलो हाफमा कुनै गोल हुन सकेन ।
दोस्रो हाफमा भने स्पेनले गोल वर्षा गर्यो । २० मिनेटको अन्तरमा ओयार्जाबलले तीन गोल थप्दै ह्याट्रिक पूरा गरे । ८१ औँ मिनेटमा फेरान टोरेसले टोलीका लागि पाँचौँ गोल गरे ।
स्पेन यूरो २०२४ मा समूह बीमा रहेको छ । ग्रुप अफ डेथ मानिएको यो समूहमा क्रोएसिया, इटाली र अल्बानिया रहेका छन् । स्पेनले जुन १५ मा क्रोएसियाको सामना गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण