सुरक्षण मुद्रणसम्बन्धी विधेयक संसद्बाट पारित
बिहीबार, २४ जेठ २०८१, १६ : १३
काठमाडौँ । सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०८१ संघीय संसद्बाट पारित भएको छ । यसअघि राष्ट्रिय सभाबाट पारित भएर आएको यो विधेयक बिहीबार प्रतिनिधि सभाबाट पारित भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संसदीय समितिबाट पारित भएर आएको विधेयकको प्रतिवेदन संसदमा प्रस्तुत गरेकी थिइन् ।
सभामुख देवराज घिमिरेले विधेयकलाई निर्णयार्थ पेस गर्दा सांसद प्रेम सुवाल बाहेक अरू बहुमत सांसदले पारितका लागि स्वीकृति जनाएका थिए । २०७७ सालमा राष्ट्रिय सभामा दर्ता भएको यो विधेयक ४ वर्ष लगाएर संसदबाट पास भएको हो ।
यो विधेयकमा राहदानी, बैंक नोट, हुलाक टिकट, स्टीकर लगायत सुरक्षण मुद्रण प्रकाशन सम्बन्धी विभिन्न कानुनी व्यवस्था गरिएको छ । प्रतिनिधि सभाको अर्को बैठक जेठ २७ गते आइतबार सम्मका लागि स्थगित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण