इकाइहरूले दलमा आबद्ध शिक्षकको विवरण नपठाएपछि केन्द्रको पुनः ताकेता
काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दलमा आबद्ध भएका शिक्षक तथा कर्मचारीमाथिको कारबाही विवरण पेस गर्न पुनः ताकेता गरेको छ । देशभरका सबै शिक्षा विकास तथा समन्वय इकाइलाई पुनः ताकेता गर्दै कारबाही सम्बन्धीको विवरण सात दिनभित्र पेस गर्न भनेको हो ।
बिहीबार बसेको केन्द्रको बैठकले सात दिनभित्रमा कारबाही सम्बन्धीको विवरण बुझाउन निर्देशन दिएको हो । केन्द्रले यसअघि २०८१ जेठ २ गते १५ दिनभित्र कारबाहीको प्रगतिबारेको विवरण पेस गर्न इकाइहरूलाई निर्देशन दिएको थियो । तर, कुनै पनि इकाइले विवरण पेस नगरेपछि केन्द्रले सातदिने म्याद दिँदै ताकेता गरेको हो ।
केन्द्रले २०८१ वैशाख ७ को ‘राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको शिक्षक–कर्मचारीलाई कारबाही गर्ने निर्णय गरेको थियो । सोही आधारमा केन्द्रले राजनीतिक दलको सदस्यता लिएका, राजनीतिक दलको कार्यकारिणी समितिमा रहेका तथा महाधिवेशन प्रतिनिधि भएका शिक्षक कर्मचारीहरूलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न भनेको थियो ।
त्यसपछि जेठ २ गते प्रचलित कानुन बमोजिम के कस्तो कारबाही प्रक्रिया अघि बढाइएको छ भन्ने विषयमा १५ दिनभित्रमा प्रगति विवरण केन्द्रलाई पठाउन भनेको थियो । तर, हालसम्म केही इकाइहरूबाट अपूर्ण विवरण आएको र बाँकी इकाइहरूबाट कुनै पनि विवरण उपलब्ध नभएको केन्द्रले जनाएको छ ।
सात दिनभित्रमा कारबाही प्रक्रिया के कस्तो भएको छ ? विद्यालय व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय इकाइको स्वीकृति नलिई आफू बहाल रहेको विद्यालय बाहिर काम गर्ने तथा काजमा बस्ने के कति शिक्षकहरू छन् ? ती मध्ये कति शिक्षकहरू पदाधिकार रहेको विद्यालयमा फिर्ता भएका छन् त्यसको पूर्ण प्रगति विवरण पेस गर्न भनेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण