एमालेलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिमा पुर्याउनुपर्छ : अध्यक्ष ओली
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिका रूपमा विकसित गर्न काठमाडौँका अगुवा र कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । एमालेको काठमाडौँ जिल्लाको सातौँ अधिवेशनको उद्घाटन सत्रलाई आज यहाँ सम्बोधन गर्दै उनले मुलुकका राजनीतिक स्थायित्वसहित विकास र समृद्धिका लागि पार्टीलाई अग्रस्थानमा पुर्याउनुपर्ने बताए ।
अध्यक्ष ओलीले काठमाडौँको पार्टी सङ्गठन विभिन्न अवरोह अवरोह पार गर्दै यहाँसम्म आइपुगेको र सङ्कटका घडीमा कार्यकर्ताले पार्टीलाई जोगाएर सुदृढ पार्टीका रूपमा कायम राखेको स्मरण गरे । “यद्यपि गत निर्वाचनमा हामीले बहुमत ल्याउन सकेनौँ । पार्टीभित्र कतिपय आन्तरिक समस्या र प्रतिनिक्रियावादीका अनेक झुट र षड्यन्त्रका कारणले बहुमत ल्याउन सकिएन । अबका दिनमा त्यस्ता झुट र षड्यन्त्रलाई हामीले पराजित गर्न सक्नुपर्छ ।’’
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जिल्लाको पार्टी कामको वस्तुनिष्ठ समीक्षा गर्न प्रतिनिधिलाई आग्रह गर्दै आगामी दिनमा जनमत हासिलमा श्रेष्ठ हुने गरी काम गर्नुपर्ने खाँचो औँल्याए । उनले हाल पार्टीभित्र नीति र नेतृत्वमा विवाद नभएकाले सकेसम्म सहमतिका आधार र नभएमा स्वच्छ प्रतिस्पर्धाका आधारमा अघि बढ्न सुझाव दिए ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले काठमाडौँका जनताले एमालेलाई अग्रस्थानमा पुर्याउनु पर्नेमा जोड दिए । एमाले काठमाडौँ इन्चार्ज आनन्द पोखरेल र बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलले अधिवेशनले पार्टीलाई आगामी निर्वाचनमा श्रेष्ठ हुन सक्ने गरी काम गर्न आग्रह गरे ।
कार्यक्रममा सो जिल्ला कमिटीका यसअघि अध्यक्ष वा सचिव भई नेतृत्व गरेका नेताहरू युवराज कार्की, सुरेन्द्र पाण्डे, कृष्णगोपाल श्रेष्ठ, रामेश्वर फुयाँल, सानुकुमार श्रेष्ठ, निर्मल कुइँकेल, कृष्ण राईलाई सम्मान गरिएको थियो । तीन दिनसम्म चल्ने अधिवेशनमा काठमाडौँका दश पालिकाबाट गरी पाँच सय ८५ प्रतिनिधि सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण