भीम रावलको टिप्पणी: २ वटा राहदानी हुने र विदेशीसँग विवाह गर्ने मन्त्रीहरुमाथि अख्तियारले छानबिन गर्नु स्वागतयोग्य

काठमाडौँ । पूर्वगृहमन्त्री डा. भीम रावलले वर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र शिक्षामन्त्री सुमना श्रेष्ठमाथि गम्भीर आरोप लगाएका छन् ।
उनले २ वटा राहदानी र विदेशीसँग विवाह गर्नेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नु स्वागतयोग्य रहेको बताएका हुन् ।
गृहमन्त्री लामिछानेसँग दुई देशको नागरिकता र राहदानी भएको र पोल्याण्डका पत्रकारसँग विवाह गर्ने शिक्षामन्त्रीलगायत विदेशमा स्थायी बसोबास र रोजगारी अनुमति लिएर राज्यको उच्च ओदाहमा बस्नेहरूको बिगबिगी भएको बेला अख्तियारले छानबिन गर्नु स्वागतयोग्य भएको प्रतिक्रिया दिए ।
‘दुई देशको नागरिकता र राहदानी भएका गृह मन्त्री र पोल्याण्डका पत्रकार पावेल स्काविन्स्किसँग विवाह गर्ने शिक्षामन्त्री लगायत विदेशमा स्थायी बसोबास र रोजगारी अनुमति लिएर नेपाल राज्यको उच्च ओहोदामा बस्नेहरूको बिगबिगी भएको बेला यस्ताको छानबिन हुनुपर्ने अख्तियारको कुरा स्वागतयोग्य छ’, मंगलबार सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन् ।
यसअघि अख्तियारले विदेशमा पीआर पाएका, दोहोरो नागरिकता र राहदानी लिएर राज्यको उच्च ओहोदामा पुगेकाहरूको छानबिन गर्ने निर्णय गरेको थियो । सोही सन्दर्भलाई लिएर रावलले टिप्पणी गरेको स्पष्ट परे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साँझको समयमा २३० मेगावाट बिजुली आपूर्ति गर्न परराष्ट्रमन्त्रालय मार्फत भारतसँग अनुरोध
-
गिरिजाप्रसाद कोइरालाको आज १५औँ स्मृति दिवस
-
भगवती चौधरीको प्रश्नमा यस्तो छ प्रधानमन्त्रीको जवाफ
-
पुलिस क्लबले बनायो प्रतियोगिताकै सर्वाधिक स्कोर, बागमती प्रदेशलाई २९८ रनको लक्ष्य
-
यस वर्ष पाँच सय युवालाई स्टार्टअप ऋण सहायता दिइने प्रधानमन्त्रीद्वारा जानकारी
-
शिक्षा मन्त्रालय बन्द गर्ने आदेशमा हस्ताक्षर गर्दै छन् ट्रम्प