चीनमा अमेरिकीमाथि छुरा प्रहार, ह्वाइट हाउसद्वारा गम्भीर चिन्ता व्यक्त
मङ्गलबार, २९ जेठ २०८१, २१ : ३०

वासिङ्टन । उत्तरपूर्वी चीनमा हालै ४ जना अमेरिकी कलेजका शिक्षकमाथि छुरा प्रहार गरिएको घटनाले अमेरिकालाई ‘गम्भीररूपमा चिन्तित’ बनाएको ह्वाइट हाउसले जनाएको छ ।
“चीनको जिलिन सिटीमा अमेरिकी नागरिकमाथि भएको छुरा प्रहारबाट हामी निकै चिन्तित छौँ”, ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले ट्वीटरमा लेखेका छन्, “हाम्रो टोली यी अमेरिकी नागरिक, उनीहरूका आपन्तजन र हाम्रा चिनियाँ समकक्षीहरूसँग सम्पर्कमा रही पीडितहरूको आवश्यकता पूरा भएको सुनिश्चित गर्न उचित कानुन प्रवर्तन कदमहरू चालिएका छन् ।” -(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत