मनसुनको प्रभाव पूर्वमै सीमित, अन्य भूभागमा मौसम कस्तो रहला ?
काठमाडौँ । हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी, मधेस र बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ।
आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
भोलि कोशी प्रदेशका लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धाराबाट पानी नआएपछि तुलसीपुरमा ट्याङ्करबाट वितरण
-
राष्ट्रिय सभामा विनियोजन विधेयक प्रस्तुत गरिँदै
-
असार १५ : हिलो, हाँसो र आशाको पर्व
-
आयातित चामलको भरमा कति दिन चल्ला हाम्रो भान्सा ?
-
भूकम्पको पाँचौँ दिन पनि चमत्कारिक उद्धार : दुई बालकसहित ३३ जनालाई सुरक्षित निकालियो
-
उदयपुरमा जङ्गली हात्तीले ६ घर भत्कायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण