अमेरिकामा गर्भपतनको औषधि मिफेप्रिस्टनमाथि रोक नलाग्ने
वासिङ्टन डीसी । अमेरिकाको सर्वाेच्च अदालतले गर्भपतनका लागि व्यापक रूपमा प्रयोग हुने चक्कीमाथि प्रतिबन्ध लगाउनु पर्ने माग अस्वीकार गरेको छ ।
यसले राष्ट्रपति जो बाइडेनको प्रशासनलाई ठुलो जीत दिएको छ । गर्भपतनको विरोध गर्ने समूह र डाक्टरहरूलाई भने झट्का लागेको छ । बिहीबार ९ न्यायाधीशहरूले सर्वसम्मतिमा यो निर्णय गरेका हुन् । तल्लो अदालतले गर्भपतन चक्की मिफेप्रिस्टोनको प्रयोगमा रोक लगाएको थियो ।
तर सर्वोच्च अदालतले मिफेप्रिस्टोनलाई सीमित गर्न अस्वीकार गरेको छ । सर्वाेच्च अदालतले यो औषधिको पहुँच सीमित बनाउने निर्णयमा रोक लगाएको छ ।
के हो मिफेप्रिस्टोन ?
अमेरिकामा गर्भपतनका लागि मिफेप्रिस्टोन र मिसोप्रोस्टोल नामक चक्की प्रयोग गरिन्छ । यी चक्कीको प्रयोगलाई अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए)ले अनुमति दिएको छ । गर्भ धारण भएको पहिलो १० हप्ताभित्रै यी चक्की प्रयोग गरिन्छ ।
यी चक्कीहरू अनलाइन डेलिभरी पनि हुन्छ । गर्भपतनमा प्रतिबन्ध लगाएका अमेरिकी राज्यहरूमा अहिले यी चक्कीहरूको वितरण रोक्ने उपायहरूबारे विचार भइरहेको छ । मिफेप्रिस्टोनलाई एफडीएले प्रयोगका लागि अनुमति दिएको थियो । अमेरिकामा गर्भपतनका लागि ६० प्रतिशतभन्दा धेरैले यो चक्की प्रयोग गर्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण