बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

भारतको सहयोगमा प्युठानमा विद्यालय र छात्रावास भवन निर्माण गरिने

शनिबार, ०१ असार २०८१, ०५ : ५८
शनिबार, ०१ असार २०८१

काठमाडौँ । भारत सरकारको सहयोगमा नेपालको प्युठान जिल्लाको ऐरावती गाउँपालिका–१ स्थित श्री दाङ–बाङ माध्यमिक विद्यालयका लागि विद्यालय एवम् छात्रावास भवन निर्माण गरिने भएको छ । ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाह र भारतीय राजदूतावास काठमाडौँका द्वितीय सचिव प्रशान्त कुमार सोनाले शुक्रबार संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन् । 

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ३.३९२ करोड रुपैयाँ आर्थिक सहयोगमा यो परियोजनाको निर्माण गरिने भारतीय दूतावासले जनाएको छ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस विद्यालयलाई आवश्यक अन्य सुविधासँगै विद्यालय एवम् छात्रावास भवनको निर्माणमा उपयोग गरिनेछ । 

भारत सरकार र नेपाल सरकारबिच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको हो । यस परियोजनाको कार्यान्वयन ऐरावती गाउँपालिका, प्युठानमार्फत गरिनेछ ।  कार्यक्रममा बोल्दै ऐरावती गाउँपालिकाका अध्यक्ष, राजनीतिक प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले नेपालका जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको पनि उपस्थिति रहेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप