लुम्बिनी प्रदेश सरकारले आज बजेट ल्याउँदै
शनिबार, ०१ असार २०८१, ०७ : ०५

बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१–०८२ को बजेट आज ल्याउँदै छ । दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।
सरकारले ३५ देखि ४० अर्बको बिचमा बजेट ल्याउने तयारी गरेको छ ।प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा झन्डै १० अर्ब रुपैयाँ घटाएर आगामी आर्थिक वर्षको बजेट ल्याउने गृहकार्य गरेको थियो । राजश्व सङ्कलनमा आएको कमीका कारण प्रदेश सकारको बजेट आकार घट्ने भएको हो ।
प्रदेश सरकारले आर्थिक वर्ष २०८०–०८१ का लागि कुल ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । संघीय सरकारले दिने अनुदान र प्रदेशको राजस्वको स्रोत पनि वृद्धि नभएका कारण करिब ३५ देखि ४० अर्बको बिचबाट बजेट ल्याउन थालेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै पोर्टलबाट सदस्यता खोल्न एनआरएनएले गर्यो राष्ट्रिय समन्वय परिषद्हरूलाई अनुरोध
-
युवा संघकाे अध्यक्षका लागि क्षितिज थेबेद्बारा मनोनयन दर्ता
-
न्यूजिल्याण्डका उपप्रधानमन्त्री पिटर्स नेपालको दुई दिने औपचारिक भ्रमणमा आउँदै
-
दुर्गा प्रसाईंको बयान : तीनकुनेमा आगजनी गर्न निर्देशन दिएको थिइनँ
-
भूमि विधेयकमा सत्तारुढ र सत्ता समर्थित दलकै संशोधन
-
सिंहदरबारमा सत्तारुढ दलका शीर्ष नेताहरूबिच छलफल