निर्धारित समयभन्दा २ घण्टा ढिला गरी बागमती प्रदेशसभा सुरु
बिहीबार, ०६ असार २०८१, १३ : ३९

हेटौँडा । बागमती प्रदेशसभा बैठक निर्धारित समयभन्दा २ घण्टा ढिला गरी सुरु भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट माथि छलफलका लागि बिहान ११ बजे आह्वान गरिएको बैठक १ बजे सुरु भएको हो ।
बैठक सुरु हुन लगत्तै प्रतिपक्ष दलका सांसदहरूले उठेर विरोध गरेका छन् । प्रतिपक्ष दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरूले बजेट सन्तुलित नभएको र बजेटमा त्रुटि भएको भन्दै विरोध गरेका हुन् ।