जनता आवासको रकम भुक्तानी गर्न माग, तालाबन्दी गर्ने सङ्घर्ष समितिको चेतावनी
रौतहट । जनता आवास कार्यक्रम अन्तर्गत मौलापुर नगरपालिकामा निर्माणाधीन घरहरूको भुक्तानी एवं पथरा बुधरामको भकुवा खोलामा अधुरो पुलको काम सम्पन्न गराउन सङ्घर्ष समिति मौलापुरले माग गरेको छ ।
समितिले प्रमुख जिल्ला अधिकारी हिरालाललाई ज्ञापन पत्र बुझाउँदै उक्त माग गरेको हो ।
सङ्घर्ष समितिको तर्फबाट आजपा निकट आम दलित मोर्चाको अध्यक्ष ठागा दास, युवा नेता लखिन्दर यादव, मौलापुर नगर प्रवक्ता चन्देसवर बैठा, आम दलित मोर्चाको सहइन्चार्ज बिरचन राम, आजपाको नेता लखिन्दर साह र आम विद्यार्थी मोर्चाको अध्यक्ष विवेक साह लगायत नेताहरुद्वारा बुझाइएको ज्ञापन पत्रमा माग पुरा नभए यही आषाढ ११ गते देखि विकास पूर्वाधार कार्यालयमा तालाबन्दी गर्ने घोषणा गरिएको छ ।
ज्ञापन पत्रमा भनिएको छ, ‘मौलापुर नगरपालिकाको विभिन्न वार्डमा जनता आवास कार्यक्रम अन्तर्गत बनेका निर्माणाधीन घरहरूको सन् २०७८ सालमा तत्कालीन कार्यालय प्रमुख राजेन्द्र साहद्वारा शिलान्यास भई आवश्यक सबै कागजात बुझाई माइनुटिङ समेत भएपनि ३ वर्ष देखि हालसम्म यसको भुक्तानी नभएको जानकारी गराउन चाहन्छौँ । साथै मौलापुर नगरपालिका वार्ड नं ६ स्थित पथरा बुधराममा रहेको भकुवा खोलामा लगभग १० वर्ष पहिले सुरु भएको पुल निर्माणको कार्य हालसम्म सम्पन्न नहुनु आफैमा दुर्भाग्यपूर्ण हो।’
यसका लागि पटक पटक ताकेता गरिए पनि कुनै चासो नलिएको र बारम्बार उक्त पुलको ठेक्का सम्बन्धी कुनै कागजात समेत उपलब्ध नगराइएको कारण आफूहरूले सास्ती भोग्नु परेको ज्ञापन पत्रमा उल्लेख छ।
‘यी समस्याहरूबारे विगतझैँ यसपालि पनि कुनै चासो राखिएन भने हामी यही आषाढ ११ गतेदेखि तालाबन्दी सहित धारणा दिन बाध्य हुने कुरा यसै पत्र साथ जानकारी गराउन चाहन्छौँ’, ज्ञपनपत्रमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेमा रासायनिक मल वितरण
-
फ्रान्सको खतरनाक लय : विपक्षीलाई तर्साउँदै ‘सुपरस्टार’हरूको टोली
-
सुनथराली विमानस्थलमा यात्रु अभावका कारण नियमित उडान हुन सकेन : सरकार
-
इन्धनको मूल्य समायोजनसँगै गाडीभाडा घटाउने तयारी
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण