एनओसी अवार्ड आइतबार
काठमाडौँ । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले विभिन्न १० विधामा एनओसी अवार्ड आइतबार प्रदान गर्ने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक दिवस (जुन २३) का अवसरमा एनओसीले ठमेलस्थित एलोफ्ट होटलमा हुने एक कार्यक्रमबिच अवार्ड प्रदान गर्न लागेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा एनओसीका सदस्य समेत रहेका अवार्ड आयोजक कमिटीका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले जानकारी दिए ।
तेश्रो संस्करणको अवार्डमा एनओसी उत्कृष्ट पारा खेलाडी, एनओसी उत्कृष्ट पुरुषरमहिला खेलाडी, एनओसी उत्कृष्ट पुरुषरमहिला प्रशिक्षक र एनओसी उत्कृष्ट संघलाई अवार्ड प्रदान गरिने छ । पारा विधा पहिलोपटक समावेश गरिएको हो ।
त्यस्तै खेलकुद पत्रकारितातर्फ छापा, अनलाइन, टेलिभिजन र फोटो विधामा ४ जनालाई पुरस्कृत गरिने छ । दसै विधाका विजेतालाई प्रशंसा पत्रसहित जनही ५० हजार नगद पुरस्कार प्रदान गरिने छ । सोही अवसरमा ‘एनओसी प्रेसिडेन्ट रिकोग्निसन’ पनि प्रदान गरिने एनओसीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यले जनाएका छन् ।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले कार्यक्रमले ओलम्पिकको मूल्य र मान्यतालाई स्थापित गराउन र खेलकुदको विकासमा टेवा पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : भुईँदेखि भित्तासम्म असरल्ल छरिएका उम्मेदवारका प्रचार सामग्री, तस्बिरहरू
-
मन्त्रालयको संख्या घटाएको सरकारले मन्त्रीका स्वकीयको संख्या ९ पुर्यायो
-
वीरगञ्जको नीति तथा कार्यक्रम : सुशासनयुक्त महानगरमा जोड, नागरिक केन्द्रित सेवा प्रणाली
-
विश्वकप २०२६ः सबै टोलीको दोस्रो खेल सकिँदा के–के भयो अहिलेसम्म ?
-
रास्वपा महाधिवेशन ‘साइड इफेक्ट’ : प्रतिनिधि सभा बैठक सर्यो
-
पार्टी स्थापनाको छोटो समयमै सरकारको नेतृत्व गर्ने कीर्तिमान रास्वपाले बनाएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण