बहुसंख्यक पत्रकार संगठनको मागलाई लत्याउँदै निर्वाचन कार्यक्रम घोषणा गरिनु आपत्तिजनक : समाजवादी प्रेस संगठन
काठमाडौँ । समाजवादी प्रेस संगठन नेपालले बहुसंख्यक पत्रकार संगठनको मागलाई लत्याउँदै नेपाल पत्रकार महासंघद्वारा निर्वाचन कार्यक्रम घोषणा गरिनु आपत्तिजनक भएको बताएको छ । शनिबार सो संगठनका अध्यक्ष विश्वमणि सुवेदीले एक विज्ञप्ति जारी गर्दै महासंघको सो कार्य आपत्तिजनक रहेको बताएका हुन् ।
विज्ञप्तिमा भनिएको छ : ‘सदस्यता विवाद हल गरेरमात्रै निर्वाचन कार्यक्रम सार्वजनिक गरिनुपर्छ भन्ने बहुसंख्यक पत्रकार संगठनको मागलाई लत्याउँदै नेपाल पत्रकार महासंघद्वारा निर्वाचन कार्यक्रम घोषणा गरिनु आपत्तिजनक विषय हो ।’
अध्यक्ष सुवेदीले महासंघको निर्वाचन गर्नका निम्ति तयार पारिएको सदस्यता विवरणमा आफूहरुले आपत्ति जनाउँदै तालाबन्दी गर्नुपरेको स्मरण गर्दै सोही विवरणका आधारमा निर्वाचन गराउन खोज्नु आपत्तिजनक रहेको बताएका छन् ।
सो संगठनसहित प्रगतिशील पत्रकार संघ नेपाल र प्रेस मञ्च नेपालले सदस्यता विवरणमा आपत्ति जनाउँदै जेठ १४ गते महासंघको केन्द्रीय कार्यालयसहित विभिन्न जिल्ला शाखामा तालाबन्दी गरेको थियो ।
महासङ्घले आगामी असार २२ गते मतदान गर्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण