नेपालको अलैँचीलाई विश्व बजारमा निर्यात गर्न कूटनीतिक पहल गर्नुपर्छ : सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालमा उत्पादित अलैँचीलाई विश्व बजारमा निर्यात गर्न सरकारले कूटनीतिक पहल गर्न आवश्यक रहेको बताएका छन् । सोमबार ललितपुरमा आयोजित ‘अलैँचीबारे वर्तमान स्थिति अवसर र चुनौती’ विषयक राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सभामुख घिमिरेले नेपाली अलैँचीको बजार सुनिश्चित नभएकाले सरकारले विदेश निर्यातको लागि पहल गर्न आवश्यक रहेको बताए । उनले नेपालमा उत्पादित अलैँची भारतमा निर्यात हुने तर भारतले आफ्नो उत्पादन भन्दै विश्वबजारमा निर्यात गर्ने गरेको बताए । उनले विश्व बजारमा नेपालमा उत्पादित अलैँची सिधै निर्यात गर्ने वातावरण बनाउन सरकारले सहजिकरण गर्न आवश्यक रहेको बताए ।
सभामुख घिमिरेले अलैँचीबाट विभिन्न अन्य वस्तुहरू समेत बनाउन सक्ने अवस्था रहेको बताए । उनले अलैँचीलाई अनलाइन मार्केटिङको रूपबाट विकास गर्न पनि आवश्यक रहेको बताए । उनले बयर हाउसहरू बनाउने र अक्सन प्रणालीमा नेपाली अलैँचीको दर रेट तय गरी अक्सन हाउसको रूपमा विकास गर्न जरुरी रहेको बताए । उनले अहिले बिचौलियाहरूले बीचमा मुनाफा खाने काम गर्दा उत्पादकहरूले उचित मूल्य नपाउने र उचित मूल्य नपाउँदा बजार पनि अनिश्चित भएर जाने अवस्था रहेको बताए । उनले भारतमा निर्यातमा पनि विभिन्न जटिलताहरू रहेको भन्दै सरकारले अलैँची निर्यात नीतिगत रूपमा सहजिकरण गर्न आग्रह गरे ।
सभामुख घिमिरेले भारतमा अलैँची निर्यातमा रहेका समस्या हटाउन दुई देशबिचमा त्रिपक्षीय छलफल गर्न आवश्यक रहेको बताए । उनो अलैँचीको रोगहरूलाई हटाउने र प्लानटेशनहरु गरी बिरुवालाई उत्पादनमुखी बनाउन सकेको खण्डमा असन्तुलित बजारलाई सन्तुलनमा ल्याउने र निर्यात गर्दा विदेशी मुद्रा आर्जन समेत सकिने बताए ।
सभामुख घिमिरेले अलैँचीका बिरुवाहरू मर्ने रोग पत्ता लगाउन नसक्दा पुरानो मर्ने र नयाँ बिरुवा लगाउने प्रक्रियामा अलैँची खेती चलेको बताए । उनले अलैँचीमा लाग्ने रोगको सरकारले पहिचान गर्न आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव