नेपालको अलैँचीलाई विश्व बजारमा निर्यात गर्न कूटनीतिक पहल गर्नुपर्छ : सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालमा उत्पादित अलैँचीलाई विश्व बजारमा निर्यात गर्न सरकारले कूटनीतिक पहल गर्न आवश्यक रहेको बताएका छन् । सोमबार ललितपुरमा आयोजित ‘अलैँचीबारे वर्तमान स्थिति अवसर र चुनौती’ विषयक राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सभामुख घिमिरेले नेपाली अलैँचीको बजार सुनिश्चित नभएकाले सरकारले विदेश निर्यातको लागि पहल गर्न आवश्यक रहेको बताए । उनले नेपालमा उत्पादित अलैँची भारतमा निर्यात हुने तर भारतले आफ्नो उत्पादन भन्दै विश्वबजारमा निर्यात गर्ने गरेको बताए । उनले विश्व बजारमा नेपालमा उत्पादित अलैँची सिधै निर्यात गर्ने वातावरण बनाउन सरकारले सहजिकरण गर्न आवश्यक रहेको बताए ।
सभामुख घिमिरेले अलैँचीबाट विभिन्न अन्य वस्तुहरू समेत बनाउन सक्ने अवस्था रहेको बताए । उनले अलैँचीलाई अनलाइन मार्केटिङको रूपबाट विकास गर्न पनि आवश्यक रहेको बताए । उनले बयर हाउसहरू बनाउने र अक्सन प्रणालीमा नेपाली अलैँचीको दर रेट तय गरी अक्सन हाउसको रूपमा विकास गर्न जरुरी रहेको बताए । उनले अहिले बिचौलियाहरूले बीचमा मुनाफा खाने काम गर्दा उत्पादकहरूले उचित मूल्य नपाउने र उचित मूल्य नपाउँदा बजार पनि अनिश्चित भएर जाने अवस्था रहेको बताए । उनले भारतमा निर्यातमा पनि विभिन्न जटिलताहरू रहेको भन्दै सरकारले अलैँची निर्यात नीतिगत रूपमा सहजिकरण गर्न आग्रह गरे ।
सभामुख घिमिरेले भारतमा अलैँची निर्यातमा रहेका समस्या हटाउन दुई देशबिचमा त्रिपक्षीय छलफल गर्न आवश्यक रहेको बताए । उनो अलैँचीको रोगहरूलाई हटाउने र प्लानटेशनहरु गरी बिरुवालाई उत्पादनमुखी बनाउन सकेको खण्डमा असन्तुलित बजारलाई सन्तुलनमा ल्याउने र निर्यात गर्दा विदेशी मुद्रा आर्जन समेत सकिने बताए ।
सभामुख घिमिरेले अलैँचीका बिरुवाहरू मर्ने रोग पत्ता लगाउन नसक्दा पुरानो मर्ने र नयाँ बिरुवा लगाउने प्रक्रियामा अलैँची खेती चलेको बताए । उनले अलैँचीमा लाग्ने रोगको सरकारले पहिचान गर्न आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
-
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यक : सांसद न्यौपाने
-
वायु सेवा निगमको सञ्चालक समिति पदाधिकारी छनोट रोक्न सर्वोच्चको अन्तरिम आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण