ललितपुरमा अरिंगालले टोकेर युवकको मृत्यु
मङ्गलबार, ११ असार २०८१, १७ : ३३

ललितपुर । ललितपुरको कुमारीपाटीमा अरिंगालले टोकेर एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी घर भएर काठमाडौँको अनामनगर बस्दै आएका २४ वर्षीय तेज नारायण चौधरी छन् ।
असार ८ मा साँझ युनाइटेड एकेडेमीमा रंग लगाउने क्रममा अरिंगालले टोकेपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । उनको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
अमेरिकाको डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह
-
१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म