शाक्यको ‘करूणा’ माथि धुलिखेलमा विमर्श
काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीपत्नी राधिका शाक्यद्वारा लिखित ‘करूणा’ आत्मकथामाथि आज काभ्रेपलाञ्चोकको धुलिखेलमा विमर्श गरिएको छ । कार्यक्रमका वक्ताहरूले करूणामा प्रस्तुत जीवन भोगाइका फरकफरक विषयले मानव जीवनको सबै विषयमा करूणा झल्किएको विचार व्यक्त गरे ।
धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जूले करूणा आत्मकथामाथि कविताको माध्यमबाट प्रतिक्रिया दिँदै करूणा अनन्त कथा–व्यथाको सागर रहेको उल्लेख गरे । मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले करूणाले ‘तिम्रो छातीमा दया, माया, करुणा सबै छ, त्यसलाई नजिकबाट अनुभूत गर’ भनी झक्झकाउने तथा मानिसभित्रको इमान्दारिता, करुणा, माया, दयाको झल्को दिनाका साथै सत्यको पथमा अघि बढ्न प्रेरित गर्ने बताए ।
उनले जीवनमा जन्मदिने आमाबुबा, पिता र पतिको महत्व, युवापुस्तालाई पठन संस्कृतिमा आकर्षण गर्न, देशको माटोप्रतिको प्रेमलाई अनूभूति हुने गरी प्रस्तुत गरिएको बताए ।
करूणा विमर्शमा लेखक शाक्यले आफूले जीवनमा पञ्चायत, बहुदलीय प्रजातन्त्र, गणतन्त्र देखेको र महसुस गरेको कुरा तथा देशको अवस्थालाई वर्तमान युवा र आगामी पुस्तालाई जानकारी दिने उद्देश्यले आत्मकथा लेखेको बताइन् ।
उनले आफ्ना श्रीमान् प्रधानमन्त्री ओलीकै प्रेरणाले आत्मकथा लेख्न सफल भएको बताइन् । ‘प्रधानमन्त्री अर्थात् श्रीमान् केपी शर्मा ओलीले सधैँ घरको काममा मात्रै व्यस्त नहुन र आफूभित्रको क्षमता चिनेर लेख्न केही लेख्न भनेर प्रेरणा दिनुभयो । त्यही प्रेरणाका कारणले आत्मकथा लेख्न प्रेरित भएको हुँ’, शाक्यले भनिन् ।
उनले आत्मकथामा आफ्ना ‘दुःख र सङ्घर्ष’को चित्रण गरिएको उल्लेख गरिन् । करूणा आत्मकथाको गत फागुन ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले काठमाडौँमा विमोचन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण